प्रथम बडिगाड महोत्सवको तयारी चल्दै, संघ संस्था परामर्श समितिको वैठक सम्पन्न

कौरव खत्री
गुल्मी, १२ कार्तिक । बाग्लुङ्गको बडिगाडमा हुन गइरहेको प्रथम बडिगाड महोत्सव तथा पौदी न्वागी मेला २०७५ अन्र्तगतको संघ संस्था परामर्स उपसमितिको वैठक आइतवार सम्पन्न भएको छ ।

वैठकले महोत्सव सफल बनाउनको लागि विद्यालय, सहकारी, लघुवित्त, बैंक, क्लव, आमा समुह, वडा कार्यालय लगाएतका विभिन्न संघ संस्था संग समन्वय गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ तथा संचारसंग सम्बन्धित विषयमा समन्वय गर्न समितिका सदस्य रामनारायण सुविदेलाई जिम्मा दिने निर्णय गरेको छ ।

बडिगाड गाउँपालिकाको कार्यपालिकाका सदस्यहरुसंग कार्तिक १५ गते छलफल गर्ने र अन्य निकायहरु संग छिट्टै आपसी छलफलवाट मिति तय गरि समन्वय गरिने समितिले जनाएको छ ।

बैठकमा मुल समारोह समितिका अध्यक्ष कलाधर घिमिरे, उपाध्यक्ष कृष्ण भट्टराई, सचिव विष्णु आचार्य लगाएतको सहभागिता रहेको थियो ।

वैठक उपसमितिका संयोजक कमल पौडेलको संयोजनमा सम्पन्न भएको हो । संस्था परामर्श समितिमा कमल पौडेल, वेद प्रसाद पोखरेल, केशव खरेल, रामनारायण सुवेदी, भिमलाल पोखरेल, ढालेन्द्र शेरचन, माया केसी रहनुभएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D