प्रेम सुनार
बुटवल–१२ । प्रशंग अलि पुरानै भए पनि चर्चा भने अहिले पनि बेला बोलामा गरिदै आएकोले ताजा घटना जस्तो बनेको छ । घटना हो सन–२००९ जुलाई ६ को । त्यस दिन ईराकको टिक्रि भन्ने शहरमा कार दुर्घना भएको थियो । त्यस दुर्घटनामा गुल्मीको साविक दुविचौर गाविसका ओमबहादुर टण्डन पनि परेका थिए । दुर्घटनाको तिन महिना पछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट दुविचौर हुलाक कार्यालयमा एउटा चिठी आयो ।
त्यति बेला त्यस कार्यालय दुविचौर कै घोर्ले माध्यामिक विद्यालय संगै भएकोले त्यस विद्यालयका शिक्षक फतबहादुर बस्नेत मार्फत टण्डनको घरमा त्यो चिठी पठईयो । खोलेर हेर्दा–‘सन २००९ जुलाई ६ गते भएको कार दुर्घटनामा परी दुविचौरका ओमबहादुर टण्डनको मृत्यु भएको जानकारी सहित यो पत्र परिवारजनलाई पठाईएको छ’ भनेर लेखिएको थियो । संयोगः दुर्घटनामा परे पनि बाँचेर टण्डन घर आई सकेका थिए ।
टण्डन यसरी सुनाउँछन त्यो रोचक प्रशंग –‘ म सन २००६ मा भारतिय सेनाको पेन्सन निस्के पछि सेकुरेटी गार्ड भिसामा ईराकको वगदाद पुगेको थिएँ । सन २००९ जुलाई ६ मा ईराकको टिक्री शहरमा कार दुर्घटनामा म सहित तिन जना प¥यौं ।
एक जना आयरल्याण्डका र अर्का फ्रान्सका म जस्तै सेकुरेटी गार्ड थिए । हामी तिनै जनालाई अचेत अवस्थामा टिक्रिको अमेरिकन बेस क्याम्प अस्पतालमा पुराईएछ । ३६ घण्टा पछि मेरो होस् खुल्यो । यता घरमा रुवावासी भएको खवर आयो । मैले म जिवितै छु भनेर होस खुले पछि फोन गरें ।
घरमा पत्याएनन र भिडियोमा प्रत्यक्ष देखिने गरी बोल चाल भए पछि परिवारजनको त्यो रुवावासी शान्त भएको थियो । त्यस दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । विदेशी एक सहित दुई जना बाँचेका थियौं । हामी त्यहाँको सेवर ईन्टरनेशनल सेकुरेटी कम्पनीमा गार्ड गर्दथ्यौं ।
डिस्चार्ज पछि मलाई कम्पनीमा पठाईयो । तिन महिना पछि म घर फर्किएको थिएँ । घर आएको १२ दिन पछि फतबहादुर सरले एउटा चिठी लिएर आउनु भयो । हामी तिन भाई छतमा बसेर गफ गर्दै थियौं । दाजुले खोलरे त्यो पत्र पढ्न सुरु गर्नु भयो । परराष्ट मन्त्रालयबाट आएको पत्र रहेछ । मेरो आफ्नै डेथ सर्टिफिकेट पत्र सुनेर म खित्का छाडेर हाँस्न थाले । क्रमशः सवैजनालाई त्यो पत्र हाँसाको पैरालो बन्यो । अहिले पनि बेला बेलामा त्यही पत्रको पशंग उठाउँदै जिस्काईन्छ मलाई । ’
उनले संगै रहेका छोरा दिवसलाई देखाउँदै भने–‘ उ ले हेर्नुहोस, त्यस पत्रमा मेरो मृत्यु भएको चार बर्ष पछि जन्मेको छोरा हो त्यो । मृत्यु जितेर आएकोले नवजिवनको चिनो स्वरुप धेरै पछि अर्को सन्तान जन्माउने रहर जाग्यो र जन्माएका हौं । ’
त्यस दुर्घटनामा परी टाउँकोमा लागेका घाउँका दागहरु देखाउँदै उनले थपे–‘ ले हेर्नुहोस टाउँको नै घाजैघाजा भएको थियो । टाउँमा १७ वटा टाँकाका दागहरु अझै छन , यो मेरो सरप्रयाज लाईफ हो । ’ मलाई कमाउनु छैन । यो मेरो नाफाको जिन्दगी समाज सेवामा लगाउनु छ ।
उनलाई पत्र थमाउने शिक्षक फतबहादुर बस्नेत भन्छन–‘ हो त्यो पत्र मैले हुलाकबाट लगेर दिएको हुँ । साधरण पत्र भएकोले हस्ताक्षर गरेर बुझ्नु परेन । एकदमै हो ,त्यस्तो पत्र मैले नै दिएको हुँ । ’ उनका दाजुहरु तेजबहादुर टण्डन, बुद्धबहादुर र भाई सुमन टण्डन र श्रीमति रेखा टण्डन त्यस पत्रको प्रशंग उठाउँदा कहिले हाँस्छन भने कहिल गम्भीर हुन्छन ।
मृत्यु जितेर आए पछि उनले समाज सेवामा आफ्नो पेन्सन खर्चिने निर्णय गरेका छन । त्यहाँबाट फर्के पछि उनले दुविचौर उर्लेनी मै रहेको लिटिल स्टार बोर्डिङ्ग स्कुलमा लगानी गरे । भारतिय सेनाको पेन्सनबाट आउने मासिक ३० हजार सोही विद्यालयलाई दिने गरेको उनि बताउँछन ।
यसपालीको एसईई परिक्षमा जिल्ला मै त्यस विद्यालयले उत्कृष्ट नतिजा ल्याएकोमा उनि गौरव गर्छन । उनले प्राय कहिल्लै चस्मा आँखामा लगाउँदैनन । त्यही दुर्घटनामा परेको टाउँकोमा राख्छन । किन कि त्यो घाउँको दागहरु छोपियोस । तस्वीरः उनै टण्डनको