आज हामिले कुरा गर्न गइरहेको एउटा यस्तो जिवन हो जसले कहिल्यै सन्तोषको श्वास पनि फेर्न पाएन । भुकम्पले स्यागंजामा भएको उनको घर ढलायो । जिवनको धरोहर नै ढलेपछि त्यो घर फेरी ठड्याउने उनीसंग हिम्मत भएन । किनभने उनी गरिब भएर जन्मेका थिए । परिवार पाल्नुपर्ने एउटा जिम्मेवारी थियो । चार छोराछोरी सहितको ६ जनाको छानो र धर्ती भुकम्पले ढलाए पछि उनी सहारा खोज्दै बांकेको जी गाउँमा आइपुगे ।
आफन्तको नजिक बसे दुख सुखमा साथ पाइएला भन्ने उनको सोचाई थियो । त्यसैले आफ्नो बालापन बितेको स्यागंजाको गल्यागं छोडेर उनी लालाबाला बोकेर बांके झरे । हामीले यहाँ चर्चा गरेको पात्र हुन् नेत्र प्रसाद भुषाल । आफन्तको नजिकमा आएपछि उनको जिवन जसोतसो चलेकै थियो । त्यो दैवलाई सह्य भएन । उनलाई २०६४ सालमा नशा सम्बन्धी रोग लाग्यो । अहिले पनि उनी मानसिक रोगको औषधि खाइरहेका छन् ।
यो रोगलाई त जितें भनेर जिवन चलाईरहेका नेत्रलाई फेरी ६ वर्ष अघि देखि अर्काे रोगले समात्यो । पेट सम्बन्धि रोगले थला परेका उनले उपचार समेत गराउन सकेनन् । ६ वर्ष देखि पेटको पिडा बोकेर बसीरहे । उनीमाथिको पीडा यतिमै सिमित भएन । जो कमजोर छ उसैमाथि बारम्बार दैवले पनि आक्रमण गर्ने रहेछ । एक वर्ष अघि फेरी उनी सवारी दुर्घटनामा परे । परिवार पाल्नै निकै समस्यामा रहेका उनीमाथि बारम्बार बज्रपात परिरह्यो । नेपालगन्ज स्थित शिक्षण अस्पतालमा सामान्य काम गर्ने उनी जिवनमा परेका यति ठूला अप्ठेरा सामना गर्न सक्दैनथे । आफन्तको सहयोग र साथले जिवन चलाईरहेका थिए । तर ६ महिना अघि देखि उनको पेटको समस्या थाम्नै नसक्ने गरी बल्झियो । अस्पतालमा आएर जचाँउदा थाहा भयो उनको पेटको ठूलो आन्ध्रा नै कुहिएको छ ।
दिनको १० पटक भन्दा बढी डाइपर चेन्ज गरेर बस्नु पर्ने स्थिति छ, दिसा होइन पुरै रगत बग्ने गर्छ । सरकारले दिएको पहिलो किस्ताको पैसा उपचार गर्दै सकियो । आमा एउटा चिउरा मिलमा काम गरेर मासिक ६ हजार कमाउनुहुन्छ । रोगले थलिए पछि नेत्रप्रसादको खाइपाइ आएको सानो जागिर पनि गयो । दुर्घटनाका कारण घाइते उनको शरीरमा स्टिल हालेको छ । आफुले काम गरेर परिवार पालन सक्ने स्थिति छैन सब अरुकै आशामा बस्नु पर्ने भएको छ । जिवनको आरोह अवरोध पार गरेर सन्तानको भविष्य हेरेर बसेका नेत्रप्रसादलाई असार ३१ गते भएको घटनाले धैर्यको बाँध गर्लाम गुर्लूम ढल्यो । छोराछोरी ठूला भए अब केही होलाकी भन्ने आश गरेर बसेका नेत्रप्रसादको भविष्यको सहारा उनको छोराले पनि हात गुमाएका छन् । ११ वर्षको कलिलो उमेरमै दायाँ हात गुमाएका धर्मराजको भविष्य के होला ?
करेन्ट लागेर हातै काटेर फालेका छोराको कुरुवा बसेका नेत्रप्रसादको अगाडी निकै ठूलो समस्याको पहाड छ । दिनमा १० पटक डायपर लगाउनुपर्छ । आफ्नै उपचार गर्दा लागेको १५ लाख रुपैया तिर्न बाँकी नै छ । त्यहि बिरामी बाबु अहिले छोराको कुरुवा बस्नु परेको छ । छोराकै उपचारमा कति पैसा लाग्छ आमाले समेत सोध्न सकेकी छैनन् । डाक्टरले हातै काटेर फाल्दिनुभयो । छोराको हातै नदेखेपछि अरु केही सोध्नै सकिन आमाले यसो भन्दा कस्को मन नरोला र ? छोराको हात काटियो एउटा पीडा छ भने अर्काे ठूलो पिडा अब हस्पिटलबाट बाहिर निस्किने पैसा समेत छैन ।
हेर्नुहोस् नयाँ नयाँ न्युज नेपालले तयार पारेको भिडियो रिपोर्ट: