Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
प्राकृतिक विपत्तीमा नागरिक र सरकारको दायित्व - Gulminews

प्राकृतिक विपत्तीमा नागरिक र सरकारको दायित्व

प्रकाश भण्डारी “बिवेक”
नेपालको ईतिहास देखि नै बाढी पहिरो जस्ता प्रकोपहरूबाट धेरै घर-परिवारहरू अभिभावक विहिन हुन पुगेका छन भने कैयौँ घरबार बिहिन भै एकल र बाध्यकारी जीवन जिउन बाध्य छन। बिगतका घटनाक्रमहरूलाई आंकलन गर्दा बाढीजन्य प्रकोपहरू बढोत्तरी भएको पाइन्छ ।

प्रकाश भण्डारी

देशका विभिन्न भागमा केही दिनदेखि भैरहेको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानको चपेटामा परेका छन् भने पहाडी भूभागहरू तथा राजमार्गहरूमा दिनानुदिन पहिरोको कारण मानवीय क्षति र भौतिक नोक्सानीको कुनै लेखाजोखा छैन।बाढी, पहिरो र डुवानग्रस्त क्षेत्रका वासिन्दाहरू चरम पीडाबोधको असामान्य अवस्थामा छन् र राज्य एवं सिंगो मानव समुदायबाट तत्काल राहतको प्रतिक्षामा छन् ।

कतिपय पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरोका कारण कैयौंले ज्यान गुमाएको दुःखद अवस्था सिर्जित भएको छ। बाढी, पहिरो र डुवानका लगायतका प्राकृतिक बिपत्तीबाट २०७५ बैसाख देखी असार २९ गते सम्ममा ११४७ घटना घटिसकेको अवस्था छ । ति घटनाहरुबाट मृत्यु हुनेको संख्या ३३२, घाईते संख्या २१६०, बेपत्ता ६०, प्रभावीत घरपरिवार ३३५९ छन् भने पूर्ण रूपमा ७३० जनाको घर क्षति भएको छ । साथै करिब ७० करोड बराबरको क्षती भएको तथ्याङ्क राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको वेवसाईटमा उल्लेख गरिएको छ। जसले गर्दा दशौं हजार नागरिक प्राकृतिक बिपत्तीको प्रत्यक्ष मारमा परेर गासवासका निम्ति आश्रयस्थल खोज्दै समुचित राहतको ब्यग्र प्रतिक्षामा रहेको दारूण स्थिति उत्पन्न भएको छ।

बाढी र डुवानको चपेटामा परेका पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका तराईका जिल्लाहरूमा अहिले डुवानका कारण जुन असामान्य स्थिति सिर्जना भएको छ । त्यसका अन्तरनिहित कारणहरू मिहिन रुपमा खोतल्दै जाने हो भने एकातिर भारतले सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय नियम कानून र प्रचलनहरू मिचेर जसरी तटबन्ध विस्तार गर्दैगएको छ । त्यसले नदीनालाहरूको प्राकृतिक बहाव रोकिने र वगेको पानी नेपालभूमितिरै फर्केर नेपालभूमि डुवाउने गरेको दृश्य प्रत्यक्ष देखिन्छ ।

यसरी प्राकृतिक बहाव रोकिँदा नदीनालाहरू उकासिँदै गएर गाउँवस्तीमा प्रवेश गर्ने अवस्था सिर्जित भएको पनि प्रष्ट हुन्छ । तराईमा हरेक वर्ष डुवानको समस्या जुन रुपमा चर्किँदैआएको छ त्यसको स्थायी समाधान भनेको भारतले पानीको प्राकृतिक प्रवाह रोक्न बनाएका संरचनाहरूबाट पानी निकास हुनसक्ने स्थायी व्यवस्था गर्नु नै हो।

भारतले तराईमा मधेशवादका नाममा आगन्तुकहरूलाई उचालेर नेतागिरी गराउने र तराईका भूमिपुत्रहरूलाई प्रताडित गर्ने जुन राजनीतिक शृङ्खला चलाएको छ त्यसको प्रतिछाँया डुवानको यो प्रकरणमा पनि देखिएको छ । भारतले नेपालसंग असमान सम्झौता गरी निर्माण गरेको कोशी बाँध र गण्डक बाँध होस् वा नेपालको सहमति विना सीमावर्ती क्षेत्रमा बनाएका लक्ष्मणपुर बाँध लगायतका संरचनाहरू तराई डुवाउने प्रमुख कारण बनेका छन् । हिउँदमा नेपालबाट पानी लैजाने र वर्षामा बाँधका ढोकाहरू थुनेर नेपालभूमि डुबाउने भारतको दुर्व्यवहारको शिकार सर्वाधिक रुपमा तराईवासी नेपाली जनता नै भैरहेका छन्।

यस बारेमा न त सरकारले जिम्मेवारपूर्ण भूमिका निभाउन सकेको छ न सधै भारत भ्रमणमा जाने जम्बो टोली सहितको प्रधानमन्त्री तथा राष्ट्रपती सहितको दलबलले नै। जायज सान्दर्भीक र समय सापेक्ष बिषयमा प्रश्नै उठाईदैन निरर्थक र बेकम्मा अनौपचारीक भ्रमणमै बिगतका भ्रमणहरू सीमित हुन पुगेका छन, जसको कारण करोडौँ आर्थीक भार जनताले भोग्नु परेको कारूणीक अवस्था छ।

दिनानुदिनको भारी बर्षाको कारण कतिपय जिल्लामा सडक सम्पर्कसमेत विच्छेद भएको छ भने हवाइ यातायातसमेत अवरुद्ध हुनपुगेको अवस्था छ । सिङ्गो तराई क्षेत्रको भूभाग जलमग्न भएको यो अवस्थामा युद्धस्तर रुपमा उद्धार र राहत कार्य सञ्चालन गर्न सरकारले अहोरात्र पहलकदमी गर्नु अपरिहार्य छ । त्यस्तै सिंगो नागरिक समुदायले पनि आ-आफ्नो ठाउँबाट सेवा र सहयोग जुटाउनु परम कर्तव्य हुनआएको छ ।राष्ट्रिय विपत्तिको यो घडीमा विपद् व्यवस्थापन नै सवभन्दा ठूलो चुनौती बनेको छ भने सवै क्षेत्र एकजूट भएर यो विपत्तिको सामना गर्नुको अर्को विकल्प छैन। सिंगो तराईमा हरेक वर्ष डुवानको समस्या नियमित आकस्मिकता जस्तै बनेको छ।अधिक वर्षा हुँदा बाढी र डुवानको प्रकोप बढी हुने गरेको छ भने कम वर्षा हुँदा कम।

सप्तरी र सुनसरीका वासिन्दाले आधा शताब्दिभन्दा लामो समयदेखि कोशी बाँधको पीडा भोग्दै आएका छन् भने नवलपरासीका वासिन्दाले गण्डक बाँधको। यो समस्या र जनता माथीको लापरवाही न हिजोको सरकारले देख्यो, सुन्यो न अहिले या भोली नै । सदैब यसरी नै अकालमा हजारौँ अबोध वालवालिका तथा युवा र बृद्धहरू टुहुरा भै अभिभावक विहीन बाँच्ने आशामै जीवन त्याग्नु पर्ने कारूणीक बाध्यता छ ।

राजनीतिक दल र दलको प्रतिनिधित्व गर्दै सरकारमा देश र जनताको हक हितको फुक्का भाषण गर्दे आशाको भूमरिमा जीवन जीउन बाध्यकारी बनाउने सरकारको यस्तो हेलचेक्र्याँई कहिले सम्म सहि बस्ने जनता?
सरकारले पहिलो चरणमा डुवानग्रस्त क्षेत्रमा उद्धार र राहत कार्यलाई तीब्रता दिनुपर्छ भने तराईलाई डुवानमुक्त क्षेत्र बनाउन आन्तरिक रुपमा नदीनालाहरूमा तटबन्ध निर्माण गर्दैजाने, भूअतिक्रमणको गति रोक्ने र भारतले बनाएका संरचनाहरूबाट पानीको प्राकृतिक बहाव नरोकिने अवस्थाका लागि भारतसंग दरो मुटु बनाई कुटनीतिक पहल गर्ने गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हो भन्ने हाम्रो ठहर छ ।

बाढीजन्य प्रकोपलाई पूर्ण रूपमा रोक्न त सकिदैँन तर यसलाई व्यवस्थापन गरी बाढीबाट हुने जनधनको क्षतिलाई न्यून भने गर्न सकिन्छ । बाढी पहिरोबाट पीडित नागरिकको जिवन रक्षा, राहत र उद्धार कार्यलाई प्रभाबकारी रूपमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो । सरकार, गैरसरकारी संघ संस्था, रेडक्रस स्थानीय सघ संस्था र क्लब मार्फत प्राकृतिक विपत्तिको यस घडिमा पीडित परिवारजनमा उचित राहत खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधी र तत्कालका लागी अस्थायी बसोबासको यथाशीघ्र रूपमा प्रबन्ध गर्नु जरूरी छ ।

तराईको समग्र समथल भूभाग यति विकराल रुपमा जलमग्न हुनुको कारण केही दिन यतादेखिको अविरल वर्षा नै हो भन्ने देखिए पनि उत्तरबाट दक्षिण बगेका नदीनालाहरूको प्राकृतिक बहावमा समेत भौतिक संरचनाहरू निर्माण गर्दा उत्पन्न हुँदैगएको व्यवधानले बाढी र डुवानको प्रकोपलाई तीब्रता दिइरहेको विभिन्न क्षेत्रको स्थलगत अवस्थाले इंगित गरिरहेको छ ।

अर्कातिर नेपालभित्रै पनि नदीनालाहरूका किनारामा रहेको जमिन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने, चुरे क्षेत्रमा गिटीढुंगाको चोरी निकासी र पहाडि क्षेत्रमा बढ्दो मानविय अतिक्रमण नै बढी पहिरो जस्ता प्राकृतिक बिपत्तीका मुख्य कारक बनेका छन् । यसै गरी बिना तयारी र अध्ययन बिना डोजरको प्रयोग, अनियन्त्रीत बन फडानी र डढेलो, रूखहरूको कटानी र बृक्षारोपणमा कमी, तारजाली पर्खालहरूको समयमै व्यवस्था नहुनु, कमजोर भुभागमा बढ्दो मशिनरी सामानको प्रयोग यि नै बाढी पहिरोका प्रमुख कारक तत्व हुन।

यिनको समयमै व्यवस्थापन हुन सके प्राकृतिक नदी नाला र सम्पदाको संरक्षण त हुन्छ नै जसले गर्दा मानवीय तथा भौतिक क्षतिको सामना गर्नुपर्ने छैन।

आगामी दिनमा सरकारी जिम्मेवार भैकन यस्ता प्राकृतिक बिपत्तिबाट जनतालाई राहात मात्र बढ्ने आश्वसन नभै यो स्थिति सम्म आउने वातावरणको सिर्जना नहोस भन्नका लागी पहलकदमी उपाय चाल्नै पर्ने देखिन्छ । अन्त्यमा: बाढी पहिरो र सडक दुर्घटनामा जीवन बलिदान गर्नुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई दिदी बिहिनीहरूमा गहिरो समवेदना प्रकट गर्दे परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस!!

गैँडाकोट न.पा २ नवलपरासी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D