नक्कली इन्स्पेक्टर बनेर ठगि गर्ने गुल्मीका गौतम सहित ४ जना पक्राउ

कास्की, असार १५ । प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक स्थाई घर भएका २८ वर्षीय बालकृष्ण गौतम सहित धादिङ निलकण्ठ नगर पालिका बडा नम्बर ४ बस्ने ३३ वर्षीय दीपक ठकुरी, पाल्पा तानसेन नगर पालिका १४ बस्ने २६ वर्षीय ताराप्रसाद पाण्डे र खोटाङ ऐँसेलु गाउँ पालिका बडा नम्बर १ बस्ने २३ वर्षीय भोज कुमार खत्री रहेका छन् ।

केही व्यक्तिहरूलाई विभिन्न कारण देखाई अपराध अनुसन्धान शाखाको इन्स्पेक्टर तथा मानवअधिकार विभागीय प्रमुख हौ भनी पैसा असुली गर्ने, धाक धम्की दिने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले पैसा असुल्ने तथा दिन नमानेमा घरमा लगी शरीर बन्धक समेत बनाएको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेका कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।उनीहरूलाई नागढुंगाबाट पक्राउ गरेको हो ।

चारै जनालाई कास्की जिल्ला अदालतबाट शरीर बन्धक मुद्धामा म्याद थप गरी थप अनुसन्धान गरेको उनले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ