गुल्मीमा टाउको नभएको नग्न अवस्थामा युवतीको शब भेटियो

अनिल खत्री
गुल्मी, १४ असार । गुल्मीमा कालिगण्डकी खोला किनारमा एक जना युवतीको बेवारिसे शब फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाट स्थित कालिगण्डकी नदि किनारमा एक जना युवतीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय जोहाङ प्रहरी चौकी गुल्मीका प्रहरी नायव निरिक्षक खुमबहादुर कुँवरले जानकारी दिए ।

बिहिवार अपरान्न तिर स्थानियले माछा मार्ने क्रममा खोलाको किनारमा घाटी भन्दा माथी नभएको शरिर नग्न अबस्थामा रहेको युवतीको शब फेला पारेर प्रहरी लाई खबर गरेका थिए । कालिगाण्डकी खोला किनारमा फेला परेको शबको केहि भाग कालो, डढे जस्तो र नग्न अबस्थामा रहेको छ प्रहरी नायव निरिक्षक कुँवरले भने ‘फेला परेको शब मस्त जवान युवती हुनसक्ने अनुमान गरेका छौं ।’

गुल्मीसँगै पर्वत र बाग्लुङ्ग सिमाना पर्ने भएकाले शब खोलाले बगाए ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत अबस्थामा फेला परेको शब कहाँको र कस्को भन्ने बारे केहि नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरामकुमार द्धिबेदीले जानकारी दिए ।

शब फेला परेको खबर पाउन साथ प्रहरी टोली खटिए शबलाई पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइदैं गरेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शब पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा पनि खबर गरेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D