Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
असारे विकास, देशले पाउला निकाश ? - Gulminews

असारे विकास, देशले पाउला निकाश ?

प्रकाश भण्डारी “बिवेक”
लामो तथा छोटो दुरीको यात्रा गर्दा यात्रा अवधिमा देखिने घटनाहरूले अचेल मनमा एउटै कुरा खड्किरहन्छ। बषौँसम्म नसकिएका विकास निर्माणका काममा सरकारले सदैब किन आर्थिक वर्ष सकिनै लाग्दा बजेट छुट्याउँछ ? किन सदैव चौतर्फी बिरोधका आवाजहरू उठ्दा पनि कहिल्यै सरकार जवाफदेही हुँदैन ।

बालुवामा पानी खनाए जसरी अर्बौँ रकम एउटै नतिजा र परिणामका खातिर सदैब खर्च गरिएको छ । दिगो तथा गुणस्तरीय बिकास निर्माणका काममा सरकार दत्तचित्त भएर लाग्ने कहिले ? ठेकेदार कम्पनी पाल्ने र उनीहरूकै रोजिरोटी मात्रै बचाउने हो या जनताले चाहेको दिगो बिकास र आमूल परिवर्तनमा पनि बजेट खर्च गर्ने ।

फ्रिज हुनै लागेको २ अर्ब रूपैँया सरकारले असार मशान्तभित्रै सक्ने रणनीतिका साथ अगाडि बढेको छ। बिकास निर्माणका अपूरा अधुरा कामहरूमा हात हालेको छ । भर्खर नयाँ सडक खनिदै छन् त कनै झरी झरीमा कालोपत्रे (पिच) गर्ने काम चलिरहेछ गाँउ शहरका तिनै मुख्य तथा सहायक र नयाँ सडकहरूमा वर्षमा छिटफुट देख्न पाईने डोजर र स्काभेटर जेठ पश्चात बाक्लै प्रयोग भएको देख्न अनि सुन्न पाईन्छ ।

जव बैशाख सकिएर जेठ शुरू हुन थाल्छ तब वर्षौँदेखि सम्पन्न हुन नसकेका सडक लगायत अन्य बिकास निर्माणका कामहरू यही समयमा वजेट सक्ने ध्याउन्न मै हतार हतारमा सम्पन्न गरिन्छ । गुणस्तरहीन काम गरेर नाम अनि दाम कमाउने सुरमै अगाडी बढाईन्छ यिनै हतारे असारे विकासका कामहरू।

जेठ-असार देखि नै मनसुन सक्रिय भैसक्दा पनि मौसम परिवर्तनको गतिसँगै विकासले पनि फड्को मारेको अवस्था छ। प्रचण्ड गर्मीमा होस या झमझम झरी परेको बेला होस् चोक चौकाहरू र गाँउ घरका सडकहरू निर्माण गर्ने, मर्मत गर्नेदेखि कालोपत्रे गर्ने लगायतका काम धमाधम चलिरहेका छन्। न त चर्को घामले पोल्छ न त निथ्रुक्क भिज्ने झरीले नै सडकमा बालकदेखि बृद्धसम्मका व्यक्तिहरूको निर्माणका कामहरूमा बाक्लै उपस्थिति देखिन्छ।

दशकौँदेखि यही परम्परा बसेकाे छ । बिगतका वर्षहरूमा पनि बिरोध नगरिएका होईनन् । आवाज नउठेका होईनन् केही समय समाचार बन्छ समय घर्किँदै गएपश्चात ती समाचार ओझेल पर्छन्।

दशकौँदेखि चलिआएको यो विकासको गति कतिन्जेलसम्म यसरी नै चल्ने हो न त कुनै अनुमान गर्न सक्ने अवस्था छ, न त कुनै आंकलन गर्न नै। वर्षौँसम्म सम्पन्न गर्न नसकेका निर्माणका कामहरू जेठ पश्चात हतार हतारैमा सम्पन्न गरिन्छ । राजनीतिक प्रतिसोध र पहुँचवालहरूकै भरमा यहाँ विकासका नाममा चरम लापर्वाही भैरहेको अवस्था छ ।

गुणस्तरहीन सामाग्री अनि हतारमा गरिने निर्माणका कामहरूले दिगो रूपमा विकासलाई स्थायित्व दिन सकेको अवस्था छैन। वर्ष दिनसम्म काम नगरी बस्ने र आर्थिक वर्ष सकिनै लाग्दा हतारमै बजेट सक्ने नियतवश दशकौँदेखि यही परम्परा बसेकाे छ । बिगतका वर्षहरूमा पनि बिरोध नगरिएका होईनन् । आवाज नउठेका होईनन् केही समय समाचार बन्छ समय घर्किँदै गएपश्चात ती समाचार ओझेल पर्छन्।

न सरकारले सुन्यो, त अनुगमनले नै । सरकारलाई बजेट फ्रीज हुनुभन्दा ढुलेमुले विकास गरेर जनताको आँखामा छारो हाल्ने र ठेकेदारहरूको प्यारो भईदिए भयो । यहाँ त्यही बिकास कति अपरिहार्य छ भन्ने लेखाजोखा गर्ने निकाय कहाँ छ ? कामको मूल्याङ्कन तथा अनुगमन गर्दे समयमै काम गर्न र सम्पन्न गर्न सरकारले किन जवाफदेही भूमिका निभाउन सक्दैन ?

सदैब यसरी नै स्थानीय तथा राष्ट्रिय स्तरबाटै आवाज उठाउँदा पनि असारे विकासको यो परिणती सदैब दोहोरियो। न सरकारले सुन्यो, त अनुगमनले नै । सरकारलाई बजेट फ्रीज हुनुभन्दा ढुलेमुले विकास गरेर जनताको आँखामा छारो हाल्ने र ठेकेदारहरूको प्यारो भईदिए भयो । यहाँ त्यही बिकास कति अपरिहार्य छ भन्ने लेखाजोखा गर्ने निकाय कहाँ छ ? कामको मूल्याङ्कन तथा अनुगमन गर्दे समयमै काम गर्न र सम्पन्न गर्न सरकारले किन जवाफदेही भूमिका निभाउन सक्दैन ? अलपत्रै काम छाडेर ठेकेदार कम्पनी कैयौँ समयदेखि सम्पर्क बिहीन छन् भने कतै म्याद लम्ब्याउँदै बजेट सकाउन पल्केकाहरूलाई कानूनी दायरामा ल्याउने कस्ले ? कामको शिलशिलामा हुने लापरबाही, ढिलासुस्ती, अनियमितता र कमजोरीका बारेमा बोल्ने अधिकार न हामीलाई छ न त स्थानीय तहबाटै खोजी गरिन्छ नै ।

सरकार सधै यसरी नै असारमै बजेट सकाउने ध्याउन्नमा लागेर अर्बौँ बजेट सकाउनु भन्दा समयमै काम संचालन, अनुगमन, तथा सम्पन्न गर्ने कार्यमा कटिबद्ध भएर लाग्नु जरूरी छ।

गैँडाकोट न.पा २ नवलपुर

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D