हुमाकान्त पोखरेल
२३ जेठ, गुल्मी । धुर्कोट गाउँपालिकामा एकैदिन ४० लाखको जनश्रमदानबाट एक सय ८६ वटा पोखरी निर्माण गरिएको छ । मंगलबार विश्व वातावरण दिवसको अवसरमा सो पोखरी निर्माण गरिएको हो ।
जनप्रतिनिधि, विद्यार्र्थी, शिक्षक, कर्मचारी, टोल संरक्षण समिति, आमा समूह लगायत गरी छ हजारले श्रमदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए । जसअन्तरगत वार्ड नम्बर १ नयाँगाउँमा २० वटा, २ पिपलधारामा १६ वटा, ३ हाडहाडेमा २० वटा पोखरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष शिव केसीले बताए ।
त्यस्तै ४ जैसिथोकमा २० वटा, ५ वस्तुमा १२ वटा, ६ रजस्थलमा १७ वटा र ७ वाग्लामा ३६ वटा पोखरी निर्माण गरिएको उपाध्यक्ष केसीले जानकारी दिए । भने ७ वाग्लामै ४५ वटा साना पोखरी निर्माण गरिएको छ ।
गाउँपालिकाभरी निर्माण गरिएका साना–ठूला पोखरीहरुमा पानीको क्षमता ३० लाख लिटर छ । ठूला पोखरीमा २० र सानामा एक हजार लिटर पानी अट्ने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । दिवसको अवसरमा गाउँपालिकामा एकैदिन छ हजारले ४० लाख बराबरको श्रमदान गरेका थिए । पोखरी निर्माण गरेसँगै मुहानको पानि संरक्षण हुनुका साथै बन्यजन्तुलाई पानी खाने ठाउँ पनि उपलब्ध भएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।