तम्घासमा सवारी साधनलाई पार्किङ निषेध, अवज्ञा गरे १ हजार रुपैँया सम्म जरिवाना

अनिल खत्री
२२ जेठ गुल्मी । बजार क्षेत्रमा अस्तव्यस्त ट्राफिक व्यवस्था भएपछी गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रको बजार क्षेत्रको लागी नयाँ निर्णय गरेको छ । बजार क्षेत्र भित्र भएको अबस्त व्यस्त ट्राफिक व्यवस्थालाई मध्य नजर राखेर बजारको हुलाक कार्यालयबाट उदिनढुङ्गा सम्म सवारी साधन पार्किङमा रोक लगाएको छ ।

नगरपालिकाले गुल्मीले जिल्लाको सदरमुकाम तम्घासममा सवारी साधन पाकिङ निषेध अभियान सुरु गरेको छ । बजार क्षेत्रमा बढदो सवारी चापलाई मध्य नजर राखेर मुख्य चहलपहल हुने क्षेत्रमा पाकिङ निषेध सुरु गरेको हो ।

बजार क्षेत्रभित्र कुनै पनि मोटरसाइकल, जिप, ट्रक लगायतका सवारी साधन पार्किङ गर्न नपाईने भएको छ । बजारमा सवारी साधनको आगमनलाई सहजता ल्याउनको लागि रेसुङ्गा नगरपालिका जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालयले बजार क्षेत्रमा पाकिङ निषेध सुरु गरेको छ ।

प्रथम चरणमा बजार क्षेत्रमा तोकिएका स्थानहरुमा मोटरसाइकल पाकिङ्ग निषेध सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक डोरबहादुर कुँवरले जानकारी दिए । उनले बजारमा सवारी आगमनमा मुख्य गरि मोटरसाइकल अव्यवस्थित पाकिङमा गर्दा समस्या आउने गरेकाले तत्कालको लागि पाकिङ्ग निषेध गरेर तोकिएका स्थानमा पाकिङको व्यवस्था गरिएको बताए ।

मोटरसाइकल सहि तरिकाले पाकिङ नगर्दा अत्यबशेक सवारी साधनहरुलाई समयमा पुग्न नपाउने समस्या दिनानु दिन वढन थालेपछी समस्या समधान गर्नको लागि अभियान सुरु गरिएको कुँवरले बताए । तत्काल बजार क्षेत्रको ५ स्थानमा पाकिङ स्थालहरु तोकिएका छन् ।

मोटरसाइकलको लागि चिदिचौर खेल मैदान तल, नयाँ बजार मन्दीर प्रबेशद्धारा तल, पुतलिबजार फिलिम हल नजिकै र उदिनढुगां जिप पार्क नजिकै मोटरसाइकलको लागि श–सुुल्क पाकिङको व्यवस्था गरिएको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताए । तत्कालको लागि सामान्य रकम प्रति मोटरसाइकलको रु ५ तोकिएको छ नगर प्रमुख भुसालले भने ‘यसलाई कढाइका साथ नियम पालन गराउने हो ।’

बजार क्षेत्रमा गाउँगाउँबाट किनमेल गर्न आउनेहरुले बजार क्षेत्रमा हिडन समेत नपाएको गुनासो आयो प्रमुख भुसालले भने ‘अब यस बजार क्षेत्रलाई सुन्दर सफा नगर बनाउन र अबस्त व्यस्त ट्राफिक व्यवस्था नयाँ निमय बनायौं ।’ तोकिएको स्थान बाहेक पाकिङ्ग निषेध स्थानमा पाकिङ गरे सवारी साधन नियम बमोजिम कारवाही गरिने भुसालले ताए ।

पछिल्लो सयमयमा बजार क्षेत्रमा सवारी आगमनमा निकै समस्या आयो भुसालले भने ‘जनस्तरबाट पनि दैनिक गुनासा आए त्यसको समाधानको लागि सर्बप्रथम मोटरसाइकल पाकिङ निषेध थालियो ।’ मोटरसाइकल निषेधबाट पनि सवारी आगमनमा समस्या आए अरु ठुला सवारी साधन लगायत अन्य बिकल्प सोचिने ट्राफिक प्रमुख कुँवरले बताए ।

उनले निषेध ठाउँमा मोटरसाइकलसँगै अरु सवारी साधनहरु पनि पाकिङ्ग गर्न पाउने छैनन् कुँवरले भने ‘ठूला सवारी साधनको लागि पाकिङ स्थल तोकिएको छैन् ।’ निषेध गरिएको सथानमा पार्किङ गरे तत्काल ५ सय देखि १ हजार सम्मको जरिवाना गरिने कुँवरले बताए ।

जिल्लाको सदरमुकाम रहेको तम्घास बजारमा साधुरो सड्क हुनाले सवारी आगमनमा समस्या आउदा सवारी साधनहरुलाई आवत जावतमा समस्या हुनुकासाथै पैदल यात्रा गर्नेहरुलाई पनि समस्या भएको स्थानियले गुनासो गरेका थिए । बजार क्षेत्रमा सवारी साधनमा माल सामन लोड तथा अनलोडका लागि पनि समय तोकिएको छ ।

बजार क्षेत्रमा मुख्य चाप हुने समय बिहान ९ बजे देखि ११ बजे र दिउँसो ३ बजे देखि ५ बजेको समयमा ठूला सवारी साधनबाट मालसमान लोड तथा अनलोड गर्न नपाउने नियम राखिएको नगरप्रमुख भुसालले बताए । जिल्ला स्थित सरोकारवालसँगको अन्तरक्रिया पछी बजार क्षेत्रमा मुख्य चाप हुने समयमा माल सामान लोक अनलोड समय तोकिएको भुसालको भनाई रहेको छ ।

बजारमा सडक छेउ पेटीमा सामन राखेर केच बिखन गर्नेहरुलाई पनि रोक लगाउने काम सुरु गरिएको नगर प्रमुख भुसालको भनाइ छ । तत्कालै सडक छेउमा नराख्न आग्रह गरिन्छ यदि अटेर गरे कारवाहीमा समेत उत्रिने छौ नगर प्रमुख भुसालले भने ‘सवारी साधनसँगै पैदल यात्रुलाई सहज तरिकाले यात्रा गर्ने व्यवस्था मिलाउने हो ।’

जिल्लाकै सदरमुकाम रहेको नगरपालिमा अति सानो सड्क हुँदा बजार क्षेत्रभित्र दिउसोको समयमा दैनिक हिडडुल गर्न समेत कठिनाई बढदै जान थालेको छ । सदरमुकाम तम्घास भित्रिने र बाहिरिने बेला बजार क्षेत्रमा निकै भिडभाड हुने गर्दछ । केहि सर्ब साधरणले भने सामान्य छोटो समयमा बजारमा काम पर्दा पनि पटक पटक पाकिङमा जाँदा समस्या पर्ने बताएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D