अनिश शर्मा गैरे
गुल्मी, १८ जेठ । सरकारले मँगलबार प्रस्तुत गरेको बजेटमाथी गुल्मीका ब्यबसायीहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।
केही ब्यबसायीले बजेट राम्रो भएको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सही रुपमा कार्यान्वयन भएमा यस बजेटले अर्थतन्त्रलाइ सही मार्गमा ल्याउन सक्ने उनीहरुको बिश्वास छ ।
अर्का थरी ब्यबसायीले भने बजेटले बढीमात्रामा करको दायरा बढाएको, महँगी बनाइ जनताको ढाड सेक्न खोजेको भन्दै ब्यबसायमैत्री वातावरणको बजेट आउन नसकेको बताए ।
बजेट ठिक छ, कार्यान्वयन हुनुपर्छ
गुल्मी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बजेट वितरणमुखी नभएर अर्थतन्त्रलाई सही मार्गमा ल्याउने किसीमले ल्याइएको बताए ।
‘नेपालमा हरेक कुराको कार्यान्वयनको समस्या हुन्छ’ श्रेष्ठले भने ‘सफल रुपमा कार्यान्वयन हुने सकेको खण्डमा यस बजेट मार्फत देशलाइ सही आर्थिक मार्गमा हिडाउन सकिने बिश्वास लिन सकिन्छ’ ।
उद्योग बाणिज्य संघ गुल्मीका महासचिब तथा भुषाल टे«डिङ्ग कन्सर्नका ब्यबस्थापक ताराप्रसाद भुषालले पनि बजेट जनताको हितको पक्षमा आएको बताए । उनले सही रुपमा कार्यान्वयनमा हुनुपर्नेमा जोड दिए । ‘केही मात्रामा करको दायरा बढाइएको भएपनि बजेटले जनतालाइ हित गर्न खोजेको छ’ भुषालले भने ।
मुसिकोट नगरपालिका ७ वामीका ब्यापारी लोकमणी सापकोटाले पनि करको दायरा बढाइएको भएपनि समग्रमा बजेट ठिक आएको बताए । ‘तत्कालको लागि महँगीले निराशाजनक अवस्था सिर्जना गरेको भएपनि दीर्घकालीन फाइदा दिने बजेट आएको छ’ उनले भने ‘देश चल्ने जनताको करबाट नै भएकाले हामी कर तिर्न डराउनु हुँदैन’ ।
ब्यापारी ब्यबसायीहरुबाट सरकारले कर लिनुपर्ने र सो ब्यापारीलाइ ब्यापारको सुरक्षा भने हुनुपर्ने उनको भनाइ छ ।
‘ब्यबसायी मैत्री बजेट आएन’
होटल ब्यबसायी मञ्च गुल्मीका संस्थापक युवराज भण्डारीले बजेटले ब्यबसाय गर्ने बातारबणलाइ कमजोर बनाएको बताए ।
‘बजेटले चुनावको समयमा छरीएका सस्ता नारा पुरा गर्ने कोशिस मात्र गरेको छ’ भण्डारीले भने ‘बजेट आयमुलक हुन सकेन, आयआर्जनका क्षेत्रलाइ प्रोत्साहन गर्न नसक्नु दुखद कुरा हो’ ।
उनले बजेटले ब्यबसाय प्रबद्र्धन गर्न नसक्ने खालको आएको भन्दै समग्रमा कृृषि, ब्यापार जस्ता क्षेत्रको बिकासमा बजेट केन्द्रित हुन नसक्नु दुखद भएको बताए । उनले बजेटले कर मात्र लगाएर ब्यापारीलाइ समस्या सिर्जना गराएको बताए । यसैबिच मुसिकोट नगरपालिकामा होन्डा र बजाज बाइकको शोरुम राखी ब्यबसाय गरीरहेका ब्यापारी अर्जुन काफ्लेले जनताहरु दोहोरो करबाट वाक्क हुने स्थिती आउन लागेको बताए ।
‘संघीय सरकारलाइ पनि कर तिर्नुपर्छ, स्थानीय सरकारलाइ पनि तिर्नुपर्छ’ काफ्लेले भने ‘दुइ तीन ठाँउमा कर तिर्नुपर्दा हामीलाइ निकै गाह्रो हुने भयो’ ।
उनले स्थानीय सरकारले पनि चर्काे रुपमा करको दायरा बनाएको भन्दै सो दायरा कम गर्नुपर्नेमा जोड दिए । -पहिलोसन्देश