गरिवको पीडा: घमिरका रेशम जीवन-मरणको दोसाँधमा, अस्पतालमा धरौटी राख्न नसकेर घर फर्किए

टोपलाल अर्याल
गुल्मी, २३ फागुन । मालिका गाउँपालिका वडा नं ७ घमिर काहाले भेडीखोरका रेशम सार्की आफैले काटेको रुखले च्यापेर १० फागुनमा घाइते भए । अहिले उनको मेरुदण्ड चल्दैन र घाँटीको नशा छिनेको छ । जसका कारण रोजिरोटीकै लागि दाउरा काट्न गएका रेशमको उल्टै रोजिरोटी खोसिएको छ । उनी उपचारको लागि क्रृण खोजेर पाल्पा मिसन र लुम्बिनी मेडिकल कलेज प्रवास पुगे । अस्पताल प्रसासनले सात लाख धरौटी माग्यो ।

त्यो बिपन्न परिवारका रेशमका लागि असम्भ थियो । अप्रेशन नै गरेपनी पुरै निको नहुने डाक्टरले बताएपछि उनको परिवारमा सन्नाटा छायो । पाँच दिन अस्पतालमा बसेर बेड चार्ज तिरेर फर्किएको पीडित रेशमका बुवा थम्मन सार्कीले बताए । ‘सात लाख धरौटी मैले कसरी तिर्ने,’उनले भने,‘खर्च गरेपनि पुरै निको हुदैन भनेपछि फर्किए ।’ यो पहिलो बज्रपात भने होइन । पीडित रेशमको करिब दुई बर्ष अघी १७ बर्षको उमेरमा मुटुमा प्वाल परेको थियो ।

त्यो समयमा पनि मुटुको भल्ब फेर्न नौ लाख लागेको थियो । गाउँमा चन्दा उठाएर काठमाण्डौको गंगालाल हस्पिटलमा उनको उपचार भएको परिवारजनले बताए । १८ बर्षका रेशमको एक श्रीमती र एक छोरी छन । उनी १२ औ दाजुभाइ मध्येका नबौ सन्तान हुन । उनका छ दाजु भाई र छ दिदी बहिनी रहेका छन् । अहिले रेशम हर फर्कन समेत सक्दैनन् । काम गरेर खाने परिवारमा एक जना उनकै लागि एक जना धराले चाहिने बुवा थम्मनले बताए । परिवारले सबैसङ सहयोगको याचना गरेको स्थानीय चन्द्रमा लम्सालले बताइन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D