गुल्मीका सिंहदरबारको घर भाडा महिनाको ४१ लाख, कुन गाउँपालिका/नगरपालिकाको भाडा कती?

हुमाकान्त पोखरेल
३ फागुन गुल्मी । वरिपरी खाली चौर । माथी मदानेको घना जंगल । चौरकै एका पट्टी सानो टीनको एक तले भवन । जहाँ मालिका गाउँपालिकाको कार्यालय लेखिएको छ । स्थानीय आमा समुहले बनाएको चार कोठे कच्ची भवन मालिका गाउँपालिकाको सिहंदरवार हो । एउटा कोठा अध्यक्षलाई अर्को उपाध्यक्षलाई । बाँकी दुई कोठामा प्रमुख प्रसासकीय अधिकृतदेखि सवै बिषयगत कार्यालय र सहयोगीसम्म अटाउनुपर्ने बाध्यता छ ।

जिल्लाबाट ११ कोष टाढा मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङ्ग पर्छ । जहाँ बस्ती बिकास भएको छैन् । स्थानीयका घरहरु पनि पुराना र आफुलाई मात्र प्रयोग गर्ने खालका भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । ‘भवन नहुँदा बिजोग छ, अलि धेरै सेवाग्राहि कार्यालय आए सेवा दिन समस्या छ,’उनले भने,‘ सभा बस्न परे बिद्यालयमा पुग्छौ ।’ अहिलेसम्म कुनै भेला तथा बैठक बस्नु परे बिदाको समय मिलाएर नजिकैको ठुलीचौर प्रावि गाउँपालिकाले प्रयोग गर्ने गरेको छ ।

गिरीका अनुसार अर्खबाङ्गको ठुलीचौरमा गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रसासकीय अधिकृत सहित १० जना कोठा लिएर बस्छन् । केहि कामले अरु दुई चार जना आए त्यहाँ सुताउने ठाउँ छैन् । गाउँपालिकाको भवन अभाव भएका कारण ट्रस्ट निर्माण गर्ने प्रक्रिया शुरु भएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए । त्यस्तै धुर्कोट गाउँपालिका पनि अत्यन्तै जिर्ण भवनमा रहेको छ । बिषयगत कार्यालयका कर्मचारीहरु निउँरी परेर कोठामा छिर्नुपर्ने अवस्था कार्यालयको छ । ‘कर्मचारी कुर्चीबाट बचिार गरेर उठ्नुपर्ने अवस्था छ, नत्र ठोकिन्छ,’प्रेस संयोजक प्रेम सुनारले भने, ‘ कर्मचारीहरु पनि गाउँमा मुस्किलले बसेका छन् ।’ इस्मा गाउँपालिकाको कार्यालयमा पनि एउटै कोठामा तीन÷चार वटा बिषयगत कार्यालय संचालन भैरहेका छन् । एकैचोटी धेरै सेवाग्राहि आए बाहिर उभिनुपर्ने बाध्ययता छ ।

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका रहेका छन् । अहिले कुनै पनि स्थानीय तहको आफ्नो कार्यालय भवन छैनन् । भौतिक संरचना नहुँदा कार्यालयको सेवा प्रबाह तथा कर्मचारीहरु बस्न समेत निकै मुस्किल परको छ । धेरै स्थानीय तहहरुले निजी घरमै गुजारा चलाइरहेका छन् । धेरै केन्द्र गाउँमै भएकाले कार्यालय पनि कच्ची घरमा संचालन गर्नुपर्ने र कर्मचारीले बस्न कोठा नपाउने समस्या छ । गुल्मीका १२ स्थानीय तहको बार्षिक ४० लाख ८० हजार घर भाडा मात्रै रहेको छ ।

कुन गाउँपालिका नगरपालिकाको भाडा कती?
गुल्मीको चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवन भाडामा लिई काम चलाइरहेको छ । ठूलो राजस्व आउने कुनै स्रोत पनि गाउँपालिकामा छैन्, तर उसले मासिक ७० हजार घरभाडा मात्रै बुझाउदै आएको छ । जुन जिल्लाका सबै स्थानिय तहमध्येको सबै भन्दा धेरै घरभाडा हो । गाउँपालिकाले अझै पाँच महिनासम्म कार्यालय बनाउन नसके एक बर्षमा आठ लाख ४० हजार घरभाडा मात्रै खर्च हुने प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका रेसुङ्गा नगरपालिका हो । नगरपालिका घोषणा भएको झण्डै चार बर्ष पुरा भएपनि आफ्नै घरमा बस्न सकेको छैन् । अहिलेसम्म तीव वटा घरमा नगरपालिकाको कार्यालय सरिसकेको छ । अहिले तम्घास खानीगाउँको एक घरमा मासिक ४५ हजार घरभाडा नगरपालिकाले बुझाउँछ । त्यस्तै जिल्लाको अर्को नगरपालिका मुसिकोट नगरपालिकाको पनि मासिक २० हजार घरभाडामै खर्च हुन्छ । इश्मा गाउँपालिकाले मासिक २४ हजार, कालिगण्डकी गाउँपालिकाले २५ हजार, गुल्मीदरबार गाउँपालिकाले ४० हजार, सत्यवती गाउँपालिकाले २० हजार घरभाडा बुझाइरहेका छन् ।

जिल्लामा सवै भन्दा कम भाडामा बुझाउने गाउँपालिका रुरु हो । उसले मासिक १५ हजार भाडा बुझाउने गाउँप्रमुख निलकण्ठ गौतमले जानकारी दिए । दुईवटा घरलाई छत्रकोट गाउँपालिकाले ४० हजार र १० वटा कोठासहितको घरलाई मदाने गाउँपालिकाले २८ हजार भाडा बुझाउने सम्झौता गरेका छन् । धुर्कोट गाउँपालिकाले पनि मासिक ३५ हजार घर भाडा बुझाउन बाध्य भएको कर्मचारी इश्वरी भण्डारीले जानकारी दिए । हालसम्म गाउँपालिकाले बनाएको एउटा सभाहल मात्रै हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D