काठमाडौं, माघ ४ । नेपाल सरकार मन्त्री परिषदको हिजो माघ ३ गतेको बैठकले उमाकान्त झा लाई ५ नम्बर प्रदेशको प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि उहाँ अहिले ५ नम्बर प्रदेशमा चर्चामा हुनुहुन्छ । उमाकान्त झा नेपाल सरकारका पूर्वसिचाई तथा ऊर्जा सचिव हुन् । उनी खिलराज रेग्मीको नेतृत्वमा रहेको दोस्रो संविधान सभा निर्वाचन गराउने चुनावी सरकारमा ऊर्जा मन्त्री थिए ।
झाले मुख्य सचिवमा लिलामणि पौडेलको नियुक्तप्रति असहमति जनाउँदै राजीनामा दिनुभएको थियो । मधेसी मोर्चाले उहाँलाई मुख्य सचिव बनाउन जोड दिए पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अस्वीकार गर्नुभएको थियो । झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी समेत हुन् ।