टोपलाल अर्याल
गुल्मी, २६ मंसिर । गुल्मीबाट प्रनितिधिसभा र समानुपातिकतर्फ गरेर ११ हजार तीन सय ३३ म तबदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल तीन हजार नौ सय १६ र समानुपातिकतर्फ सात हजार चार सय १७ मत बदर भएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा एक हजार सात सय १७ क्षेत्र नं २ मा दुई हजार एक सय ९९ मत बदर भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ को कुल मतदाता संख्या एक लाख पाँच हजार चार सय २४ मध्ये ७० हजार पाँच सय ६६ मत खसेको थियो । भने प्रतिनिधी सभा क्षेत्र नं २ मा कुल मतदाता ९० हजार नौ सय १७ मध्ये ५८ हजार ५० मत खसेको थियो ।
त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार ४८ र क्षेत्र नं २ मा चार हजार तीन सय ६९ मत बदर भएको निर्वाचन अधिकृत कमलराज गौतमले को कार्यालयले जानकारी दिए । जिल्लाबाट समानुपातिक तर्फ क्षेत्र नं १ मा कुल ७० हजार छ सय ४७ र क्षेत्र नं २ मा ५८ हजार एक सय २८ मत खसेको थियो ।
मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो
जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता शिक्षा प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरेका छन्. । मतदाता स्वयसेवकहरु समयमै गाउँगाउँमा नपुग्दा मतदाताहरु भोट राख्ने दिनसम्म अन्यौलमा थिए ।
जसका कारण जिल्लामा धेरै मत बदर भएको देखिएको छ । ‘स्थानीय चुनावमा बरु सिकेकी थिए, यो चुनावमा कसैले सिकाएनन,’रेसुङ्गा नगरपालिका ७ की कोपिला पन्थीले भनिन,‘अहिले पनि सात ठाउँ छाप लगाएर आएँ ।’ जिल्लामा चुनावी अनुगमनमा आएको मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलको टोलीले समेत मतदाताशिक्षा प्रभावकारी नभएको पाएको छ । ‘सदरमुकाममा समेत कतिपयले मतपत्र चिनेनन,’अनुगमन टोलीका सदस्य अनिश कुमार पौड्यालले भने,‘झन गाउँको अवस्था कस्तो होला ।’
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाको लागि दुई सय ५१ जना मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा पठाएको थियो । तर उनीहरुले सहि रुपमा जिम्मेवारी पुरा नगरेको स्थानीयको गुनासो छ ।
मतदाता शिक्षा कार्यकर्ता घरघरमा नपुगी फर्जि माइनुट निर्वाचन कार्यालयलाइ बुझाउने गरेका कारण कार्यक्रम प्रभावकारी नभएको नियोक गुल्मीको अध्यक्ष हिरा कुवरले बताइन् । ‘यो समस्या स्थानीय चुनावमा पनि थियो, सवैले कार्यालयको ध्याकर्षण गरायौ,’उनले भनिन,‘ कार्यालयले समयमै ध्यान नदिदा अहिले झन बडि मत बदर भए ।
त्यस्तै राजनैतीक दलहरुले पनि मतदाता शिक्षा भन्दा प्रचारमै सिमित भएका कारण धेरै मत बदर भएको भएको नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेयले बताए । ‘नेताहरु मत धेरै बदर भएपछि चिन्ता गर्छन,’उनले भने,‘चुनावमा मतदाता शिक्षा भन्दा प्रचार प्रसार नै उनीहरुलाई ठुलो हुन्छ ।’