सन्जु काउछा
मङ्सिर २३ । गुल्मी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा निर्वाचित वामगठबन्धका उम्मेदवार एमालेका खड्ग के.सीलाई क्षेत्र नं १ बाट नयाँ शक्ति नेपालका उम्मेदवार तेजेन्द्र थापाले बधाई दिएका छन् ।
के.सीले आफ्न निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थी माथी जित हासिल गरेका हुन् । गत २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका पन्थीले ११६७३ मत लिएर पराजित भएका हुन् भने बामगठबन्दनका के.सीले १६१६५ मत लिएर विजयी भएका हुन्।
नयाँ शक्ती नेपाल गुल्मीका संयोजक समेत रहेका थापाले के.सीलाई भेटेरै बधाई दिएका थिए ।







