सन्जु काउछा
मंसिर २३ । गुल्मीमा काँग्रेसका चन्द्र भण्डारीले बाम गठबन्दनका तर्फबाट उम्मेदवार रहेका प्रदिप ज्ञवालीसँगको मतान्तर घटाएका छन् ।
शनिबार बिहान १ बजेको पछील्लो अप्डेट अनुसार भण्डारीले ३०० भन्दा बढी मतको अन्तर काम गरेका हुन् । मध्यरात सम्मको नतिजा अनुसार ज्ञवालीले ५६१४ मत प्राप्त गरेका थिए भने भण्डारीले ४२७० मत पाएका थिए । त्यतीबेला उनिहरुले प्राप्त गरेको मतहरुको बिचको अन्तर १३४४ थियो जसमा ज्ञवाली अगाडि थिए ।
शनिबार बिहानको अप्डेट अनुसार भण्डारी र ज्ञवाली बिचको १०३२ मा झरेको छ । शनिबार बिहान १ बजेको अप्डेट अनुसार बाम गठबन्दनका तर्फबाट ज्ञवालीले ५८४२ मतका साथ अग्रता कायमै राखेका छन् भने नेपाली कांग्रेसका भण्डारीले ४८१० मत ल्याउँदै ज्ञवालीसँगको मतान्तर कमी गरेका हुन् । निर्वाचन अगावै देखी अत्यन्तै प्रतिस्पर्धात्मक हुने अनुमान ज्ञवाली र भण्डारी बिचको चुनावी भिडन्तलाई महत्वपूर्ण रुपमा हेरिएको थियो ।
उता क्षेत्र नं २ मा पनि बाम गठबन्दनकै तर्फबाट उम्मेदवार भनेका नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आफ्नो अग्रता कायमै राखेका छन् । बिष्टलाई नेपाली कांग्रेसका चन्द्र के.सीले पच्छ्याईरहेका छ्न् ।