Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीका कुन उम्मेदवारले कुन मतदान केन्द्रबाट भोट हाल्दै छन्? - Gulminews

गुल्मीका कुन उम्मेदवारले कुन मतदान केन्द्रबाट भोट हाल्दै छन्?

अनिल खत्री
गुल्मी, मंसिर २० । बिहिवार हुँने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका उम्मेदरवारहरुले छुट्टा छुट्टै स्थानबाट मतदान गर्दै छन् । प्रतिनिधी सभा उम्मेदवार मध्ये क्षेत्र नं. १ मा एमाले सचिव बाम गठबन्ध उम्मेदवार प्रदिप ज्ञवालीले रुरु गाउँपालिका अन्र्तगत चौतरा निमाबि बंघा मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

नेपाली काँग्रेस उम्मेदवार चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको हुँगा स्थित जनजागृति माबि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । क्षेत्र नं. २ मा एमाले सचिव एबं बामगठबन्धन उम्मेदवार गोकर्ण बिष्टले इस्मा गाउँपालिकाको रामराज्य माबि दोहोली केन्द्रबाट मतदिँदै छन् ।

सोहि क्षेत्रमा नेपाली काँग्रेस उम्मेदवार चन्द्र केसीले रेसुङ्गा नगरपालिका स्थित भाडगाउँ माबि मतदानकेन्द्रबाट मतदान गर्दछन् । क्षेत्र नं. १ को प्रदेश सभा १ मा बाम गठबन्धन उम्मेदवार शुर्दशन बरालले चन्द्रकोट गाउँपालिकाको बालबोध निमाबि झारखर्क मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

त्यस्तै काँग्रेसका उम्मेदवार पृथ फौजदारले चन्द्रकोटगाउँपालिका स्थित उदयमाबि शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् । प्रदेश सभा क्षेत्र नं. २ बाट बामगठबन्धन उम्मेदवार कमलराज श्रेष्ठले रुरु गाउँपालिका स्थित राष्ट्रिय माबि थोर्गाबाट मतदान गर्दैछन् ।

त्यस्तै काँग्रेसका उम्मेदवार धनेन्द्र कार्कीले गुल्मी दरवार गाउँपालिकाको गंगा निमाबि मतदान केन्द्रबाट मतदिँदै छन् । क्षेत्र नं. २ को प्रदेश सभा १ बाट बाम गठबन्धन उम्मेदवार खडग केसीले मुसिकोट नगरपालिकाको सारदा बिध्या माबि वामी मैदान मतदान गर्ने भएका हुन् ।

काँग्रेसका उम्मेदवार शालिक पन्थीले रेसुङ्गा नगरपालिका महेन्द्रमाबि तम्घासबाट गर्दैछन् । त्यस्तै प्रदेश सभा २ का बामगठबन्धन उम्मेदवार दिनेश पन्थीले धुर्कोट मदाने गाउँपालिकाको दिपक माबि भनभने मतदान केन्द्रबाट मतदान दिँदै छन् ।

त्यस्तै काँग्रेस उम्मेदवार छन्दबहादुर पहराईले शोमरभोरमाबि हाडहाडे मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ प्रदेश सभा तर्फ ५२ जना उम्मेदवार चुनावी मैदान छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D