प्रेम सुनार
गुल्मी, मंसिर २ । केहि दिन अघि गुल्मीको धुर्कोट गाउँपालिका भित्र ७ वर्षिया एउटी अवोध वालिकालाई अन्दाजी ४० वर्षिय पुरुषले वलात्कार गरेको आरोप परिवारजनले लगाएका छन् । धुर्कोट गाउँपालिका वडा नम्वर १ नयाँगाउँकी ७ बर्षिया बालिकालाई गत आईतवार दिउँसो स्थानिय टिकाबहादुर बिक भन्ने पुरुषले वलात्कार गरेको आरोप परिवारजनले लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले त्यस विरुद्ध प्रहरीमा उजुरी परेको र आरोपित बिक फरार रहेको जानकारी दिए । “हामी कहाँ ल्याउँदा ति वालिकाको स्वास्थ्य अवस्था सामान्य देखिन्थ्यो”, थापाले भने “उनका परिवारजनले बिकले वलात्कार गरेको आरोपमा उजुरी दिएका छन् ।” थापाले भने बिकलाई खोज्ने र अनुसन्धान गर्ने कार्य भई रहेको र जवरजस्ती करणी वा उद्योग वारे बिकको वयान लिएर मात्र खुल्ने बताए ।
ति वालिकाकी आमाका अनुसार आईतवार दिउँसो ओरोपित ब्यक्ति घरमै आएर सोधखोज गरी रहेका थिए । पहिला उनका श्रीमान कहाँ काममा गएका छन भनेर सोधेका थिए । त्यस पछि वालिकाकी आमालाई कति टाढा हो काम गर्न जाने ? भनेर सोधेका थिए । उनकी आमा काममा हिडेको केहि वेरपछि घरमा केहि काम भएको वाहना बनाई उनकी छोरीलाई लगेका थिए । पहिला आफ्नी छोरीलाई हप्काउँदै अन्यत्रै पठाएका थिए ।
त्यस लगत्तै आफुलाई जवरजस्ती गरेको ति वालिकाले आमालाई बताएकी थिईन् । कसैलाई नभुन्नु यदी भने मारेर गाडी दिनेछु भन्दै धम्की दिएका बिकले २ सय १० रुपैया ति वालिकालाई दिएर फकाउँदै घर जान भनेको ति बालिकाले बताईन् । साँझ म कामबाट आएँ, उनकी आमाले भनिन्, “छोरी विमारी भएर नबोली पल्टेकी थिई पछि सोध्धै जाँदा त्यो मान्छेले त्यस्तो कार्य गरेको बताए पछि अर्को दिन नयाँगाउँ प्रहरी चौकीमा उजुरी दिएकी हुँ ।”
उनले निजलाई प्रहरीले पक्राउ गर्न ढिलाई गरेको गुनासो गरिन् । नयाँगाउँ प्रहरीले भने दिनँहु जसो खोजतलास गरे पनि फेला पार्न नसकेको बताएको छ । आरोपित बिक यस अघि अपराधिक कृयाकलापमा प्रहरीबाट धेरै चोटी समातिएका व्यक्ति हुन् । पिडित भनिएकी वालिकाका परिवारको आर्थिक अवस्था निकै दयानिय रहेको छ ।