Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेः चन्द्र भण्डारी - Gulminews

कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेः चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेस गुल्मी प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताएका छन् ।

कालीगण्डकी गाउँपालीका वडा नम्बर ७ भुर्तुङ्गमा मंगलबार नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ को चुनावी कोण सभामा बोल्दै भण्डारीले आफुले चुनाव जितेपछि पटक पटक जनतामाझ पुगेको र जनताका समस्या सहजिकरणका लागी अहोरात्र खटेको हुँदा जनताले चन्द्र भण्डारी नै रोज्छन भन्ने भएपछि छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेको बताएका छन् । उनले भने, “यदि सडक डिभिजनको रातो किताब तयार गर्ने बेला लेटरप्याडमा मेरो सिङ्गेचर नभएको भए म राजनैतिक जिवनको सन्यास लिन तयार छु तर अधिनायकबादीहरु खबरदार सक्छौ आफु पनि विकास गर सक्दैनौ अरुले गरेका कामलाई समेत मैले गरेको नभन बरु स्वीकार हामी कम्युनिष्टहरुले विकास गर्न सक्दैनौ ।”

गरिवमाथी कति दिन फोहोरी र भ्रमको राजनीती चलाउने ? कति दिन अरुले गरेका कामलाई आफुले गरेको भन्ने भ्रम फिजाउन खेताला खाज्ने ? , हिजो जनतामाथी अधिनायक चलाउदा , जनतालाई दास बनाउन खोज्दा राणा शासन आज कहाँ पुग्यो ? नेपाली कांग्रेसले जनताको विकासमा वाधा पुर्‍याउन खोज्ने कसैलाई पनि नछोड्ने उनले चेतावनी दिए ।

हिजो राणाहरुले जनतालाई शिक्षाबाट बन्चीत गराउदा , विकासका पुर्वाधारबाट बन्चीत गराउदा राणा शासनको पत्ता साफ गर्न सक्ने हैसियत भएको कांग्रेसले अधिनायक बादीहरुले जनताको अधिकार माथी यसरि नै लात प्रहार गरिरहे भने यसरि नै भ्रमको खेति गरिरहे भने त्यस्ता अधिनायकबादीलाई ठेगान लगाउन सक्नै हैसियत जनतासँग रहेको लोकतन्त्रको तागतले सिध्याउने समेत चेतावनी दिए ।

कार्यक्रममा चन्द्र भण्डारी , प्रदेश नम्बर १ का उम्मेदवार पृथ्वी फोदार , पूर्व साँसद कृष्ण छन्तेल , ने.का. जिल्ला उपसभापति विष्णु बलाल , कालीगण्डकी गाउपालीका अध्यक्ष बेद थापा लगाएतको उपस्थिीमा रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D