Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको विकास र सम्बृद्धिका लागि प्रतिबद्ध छु: उम्मेदवार फौदार - Gulminews

गुल्मीको विकास र सम्बृद्धिका लागि प्रतिबद्ध छु: उम्मेदवार फौदार

बुटवल, कार्तिक १६ । नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र न १ प्रदेशसभा अन्तरगत क का उम्मेदवार पृथ्वबहादुर फौदारले जनताका साना साना अपेक्षा पुरा गर्न र युवाहरुको भावना समेट्न प्रतिबद्ध रहेको बताएका छन् ।

टिकट पाएसंग बुधबार बुटवलमा आर्घा दर्जन कार्यक्रममा सहभागि भई गुल्मीको विकास र सम्बृद्धिका लागि काम गर्ने बताए ।

बुद्ध सामुदायिक टेलिभिजनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबैको भाबना समेटर अघि बढ्ने बताए ।

बिस २०३१ सालमा गुल्मी साबिक शान्तिपुर २ हाल चन्द्रकोट ४ मा जन्मिएका फौदार सिफारिसमा परेका अन्य उम्मेदबार भन्दा निकै बलिया र शशक्त उम्मेदबार मानिन्छन् ।

उनी भन्छन् —‘स्थानीय तहको निर्वाचन २०७४ मा गुल्मी क्षेत्र न १ मा कांग्रेसलाइ जिताउन अग्र पंतीमा भुमिका खेलें ,पार्टी राजनीतिमा २०४६ बाट नै सकृय छु । ’ उनले स्थानीय तहको निर्वाचन २०७४ मा क्षेत्र न १ को निर्वाचन प्रचार प्रसार मूल समितिका संयोजक भएर कांग्रेसलाइ जिताएका थिए ।

‘सिफारिस हुनु ठूलो कुरा होइन् ,टीकट पाए जितेर देखाउछु’ उनले भने । निकै जुझारु,प्रष्ट र प्रखर बक्ता समेत रहेका फौदार ४८ सालदेखि पार्टीमा कृयाशिल रुपमा निरन्तर काम गरिरहेको नागरिक आवाजसंगको कुराकानीमा बताउछन् ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि सवै दलले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेसले गुल्मीका सबै सिटमा उमेदवारको टुङगो लगाएको छ ।

दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको गुल्मीमा नेपाली कांग्रेसले १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसी उमेदवार बनाएको छ ।

त्यस्तै बाम गठबन्धनबाट नेकपा एमालेका प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् ।

गुल्मी क्षेत्र नम्वर १ को क प्रदेशमा नेपाली कांग्रेसले बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष युवा नेता पृथ्वबहादुर फौदार र ख प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नम्बर २ बाट ‘क प्रदेश सभा उमेदवार शालिक पन्थी र ख प्रदेशमा छन्दबहादुर पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नम्वर १ को क प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ख प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ । -नागरिक आवाजबाट

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D