गुमान सिँह भण्डारी
बाग्लुङ, कार्तिक १३ । गुल्मी र बागलुङको सिमानामा पर्ने वामीटक्सारको पुल नजिकको चिया पसलबाट आइतबार साँझ ७ बजे प्रहरीले २२ किलो चरेश सँगै एक जना प्रक्राउ गरेको छ । प्रहरी चौकि खर्वाङका हवल्दार टक बहादुर प्रजाले दिएको जानकारी अनुसार नियमित गस्ती जाने क्रममा प्रहरीले दुई जनालाइ शंका गरेको थियो ।
तर एक जना भने फरार भएका छन । पक्राउ पर्नेमा गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी काप्रे घर बताउने ४६ बर्षिय धन बहादुर बुढा रहेका छन । त्यस्तै सोहि गाउका टेक बहादुर बुढामगर भने झोला फालेर फरार भएको प्रजाले बताए ।
बागलुङबाट गुल्मी हुँदै बुटवलबाट भारत लैजाने क्रममा २२ केजि चरेश सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारीले बताए ।
प्रतिवन्धित लागुपदार्थ चरेश बेचबिखनको लागि लैजादै गरेको अवस्थामा सामान्य शंकाका आधारमा खर्बाङ प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले बुढालाई प्रकाउ गरेको हो । उनलाई यतिबेला ईलाका प्रहरी कार्यालय हरिचौरमा राखिएको छ ।