Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
वाम तालमेलले इतिहासको नयाँ अध्याय सुरु गर्छ, कांग्रेस पनि एकतामा गए हुन्छ: नेता पौडेल - Gulminews

वाम तालमेलले इतिहासको नयाँ अध्याय सुरु गर्छ, कांग्रेस पनि एकतामा गए हुन्छ: नेता पौडेल

कमल पौडेल
११ कार्तिक, खर्वाङ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं. २ का साझा वाम उमेद्वार देवेन्द्र पौडेलले वाम तालमेल इतिहासको नयाँ अध्यायको सुरुवात भएको वताउनु भएको छ। आज नेकपा एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाका अगुवा कार्यकर्ताको भेलालाई खर्वाङमा सम्बोधन गर्दै पौडेलले नेपालका प्रगतिशिल, परिवर्तनकारी शक्तिको एकता पार्टि एकता सम्म भएको भन्दै, अवको सम्वृद्धिको नेतृत्व वामपन्थीहरुले गर्न खोजेको वताउनु भएको छ।
दुई तिहाई वहुमतका साथ अवको १० वर्ष आर्थिक सम्वृद्धिमा लाग्न एकता भएकोले कोहिपनि नआत्तिन र नेपाली काग्रेस लगाएतका दललाई पनि एकतामा जान पौडेलले आग्रह गर्नुभएको थियो । नेपालका वामपन्थीहरुलाई विदेशि शक्ति तथा देश भित्रैका दलालहरुले मुसो खेलाए झैं खेलाएको भन्दै त्यसका विरुद्ध एक भई इतिहास उल्टाउने अभियानमा लागेको वताउनु भएको थियो। विकास तर्फ सालझण्डी ढोरपाटन सडक, मध्यपहाडि लोकमार्ग र कालिगण्डकि करिडोरको स्तरउन्नती गर्दै ग्रामिण सडक सञ्जाल जोड्ने, गलकोट, वुर्तिवाङको लागी स्मार्ट सिटि निर्माण गर्ने तथा खर्वाङ लगाएतका जिल्लाका ७ स्थानलाई साना पर्यटकिय सहर वनाउने घोषणा गर्नुभएको थियो।
ढोरपाटन शिकार आरक्षको प्रर्वद्धन र विकास गरि पर्यटनको विकास गर्ने, प्रत्येक पालिकामा ५० सैयाको स्थास्थ्य केन्द्र स्थापना गर्ने, कृषि उत्पादन तथा हाइड्रोको विकास मार्फत युवाहरुलाई रोजगारी सिर्जना गर्ने गरि कार्यक्रम अगाडि वढाउने घोषणा गर्नुभएको थियो। उत्पिडित समुदायको विकासको लागी प्याकेज कार्यक्रम संचालन गर्ने भन्दै पौडेलले आफु अवको जिवन क्षेत्र नं. २ का जनताको लागी समर्पित गर्ने वताउनु भएको थियो।
सो अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका नेता तथा संयुक्त निर्वाचन परिचालक कमिटिका जिल्ला सदस्य मोहनलाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा निर्वाचन परिचालन कमिटिका सदस्य अमर थापा, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा २ का उमेद्वार टेक वहादुर घर्ति, प्रदेश सभा १ का उमेद्वार चन्द्र वहादुर वुढा, नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मना केसि, जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष राजेन्द्र ढुंगाना, पूर्व सांसद केसरी घर्ति, ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली लगाएतले निर्वाचनमा आफुहरुको विजय भैसकेको घोषणा गर्न मात्रै वाँकी भएको वताउनु भएको थियो।
भेलामा लोक गाएक विष्णु खत्रिले गित मार्फत वाम एकता खुसिको कुरा भएको भन्दै उत्पिडित जनताको सुदिन आउने वताउनु भएको थियो।
भेलाले प्रत्येक पालिका स्तरीय, वडा स्तरीय तथा वुथ स्तरिय संयुक्त निर्वाचन परिचालन कमिटिको गठन गरेको छ। प्रदेश क्षेत्र नं. १ का निर्वाचन परिचालन कमिटिका संयोजक ज्ञामनाथ गैरेले कार्यविभाजन सहितको कार्यक्रम रुपरेखा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममको सुरुमै अभियानको उमेद्वारहरुलाई वडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले सगुन खुवाई सुरु गर्नुभएको थियो। कार्यक्रम निर्वाचन परिचालन कमिटिका संयोजक फमलाल न्यूरेको अध्यक्षता, एमाले प्रदेश सदस्य प्रेम खरेलको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका भिमसेन वनको संचालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D