Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
दशैं पर्वमा नाचिने सरायँ नाचको महत्त्व, युवापुस्ता आकर्षित् नहुँदा लोप हुने खतरामा - Gulminews

दशैं पर्वमा नाचिने सरायँ नाचको महत्त्व, युवापुस्ता आकर्षित् नहुँदा लोप हुने खतरामा

हुमाकान्त पोखरेल
गुल्मी । नेपालको पश्चिमी क्षेत्रका जिल्लाहरू मध्ये गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठान लगायतका जिल्लामा सरायँ नाच निकै लोकप्रिय नाचको रूपमा रहेको छ । तर विडम्बना पछिल्लो समयमा युवा पुस्ताले भने यो नाचलाई वेवास्ता गर्दा केही ठाउँहरूमा यो नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ । पश्चिमी जिल्लमा एतिहाँसिक र सास्कृतिक महत्व बोकेको सरायँ नाचका विषयमा देशका अन्य भागमा भने कौतुहलता देखिन्छ ।

सरायँ को अर्थ चुचुरो अर्थात् डाडा माथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरो अर्थात् डाडामाथि कोतमा शक्तिपीठका मन्दिर हुने र ऐतिहाँसिक हातहतियारको भण्डार पनि कोतको मन्दिरमा हुने हुँदा कोतनजिकै रहेको सरायँ मा विजय उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा भएकाले यस नाचलाई सरायँ नाच भन्ने गरिएको बुढापाकाहरू बताउँछन् ।

saraya nachसरायँ शब्दलाई वृहत् नेपाली शब्दकोशमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तरवार, खड्क,ली आदि हतियार हातमा लिएर नचाउदै बाजाको तालमा नाच्दै देखाइने गुल्मी अर्घाखाची भेगका जिल्लाको एक प्रसिद्ध जात्रा भनिएको छ ।

भुरे–टाकुरे राजाहरुको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठान जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रुपमा लिइएको छ । त्यस बेलाका राजाहरुले स्थापना गराएको शक्तिपीठ अथवा कोट मन्दिरबाट विजया दशमीको अवसरमा सरायँ नाच नाच्च लगाउने गरेको इतिहाँस छ ।

खाचीकोट दरबारमा जन्मिएकी १३ औं राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसंग विवाह भएको थियो । त्यसैले पनि खाचीकोटको दरबारलाई विशेष महत्वका रुपमा लिइन्छ । चन्द्र प्रभावतीले पृथ्वीनारायणलाई राजकीय विधि, शासनको पद्धति, हतियार सञ्चालन र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने सम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण गरेको इतिहाँस रहेकाले सराय नाचको प्रचलन पछिका पुस्ताहरुले पनि ऐतिहासिक संस्कृतिको रुपमा लिएका छन् ।

खड्ग जुधाउने परम्परा, पञ्चबलि प्रथा र सरायँनाच अझै पनि लोकप्रिय छ । प्राचीनकालदेखि नै गुल्मी र पाल्पा भेग मगरात क्षेत्रमा थियो ।
गुल्मी, पाल्पा र अर्घाखाँचीका विभिन्न ठाउँमा मगर भाषा बोलिने हुँदा कतिपय स्थानमा ठाउँको नामसमेत मगर भाषामा रहेका छन् । उदाहरणका लागि होलाङ्दी, रिडी, राम्दीजस्ता शब्दलाई लिन सकिन्छ ।

सरायँ नाचमा प्रयोग हुने वाख्खै शब्द पनि मगर भाषाबाट आएको बुढापाकाहरु बताउँछन् । नेपाली शब्दकोषमा वाख्खैको शाब्दिक अर्थ भेटिदैन । तर पनि भाषाविद्हरुको भनाइअनुसार वाख्खैको अर्थ त्यो कहाँ छ ? त्यसलाई नछोडौ भन्ने भाव भेटिएको छ । बाजासहितको तालमा वाख्खै–वाख्खै भन्दै खुडा जुधाएर नाच नाचिन्छ । खुडा नचाउदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ । यो नाच विजयादशमीको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म नाचिने प्रचलन छ ।

वाख्खै–वाख्खैको आवाज र शक्तिपीठबाट पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरवार र खुँडा नचाई एकापसमा जोडिएर सरायँ नाच नाच्ने गरिन्छ । खुँडा, भाला र तरवार नचाएर सराय नाचले दशैंपर्वको समापन गराउने प्रचलन पनि रहेको छ । सरायँ नाचको महत्व गुल्मी जिल्लामा पनि उत्तिकै छ । गुल्मी जिल्ला संस्कृतिको धनी मानिन्छ । ऐतिहासिक कोटका मन्दिरहरुमा खड्ग जुधाउने परम्परा, पन्चबलिको प्रथा र दशैको बेलामा कोटमौलाको शक्तिपीठबाट निकालिने सराय नाच गुल्मी जिल्लाको सेरोफेरामा अझै पनि लोकप्रिय छ ।

जिल्लाको धुर्कोट,अर्जै, दिगाम चारपाला, इस्मा र चोयँगा गाउँमा नाचिने सरायँ नाचले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ । अहिले पनि यस क्षेत्रको सराय नाच हेर्न छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु आउँने गर्दछन् । हातमा खुँडा, ढाल, तरवार लिएर बाजागाजाका साथमा नाचिने सरायँ नाच विजया उत्सवको रुपमा लिने गरिन्छ ।

पश्चिमका पाल्पा, गुल्मी,अर्घाखाची, प्युठान, बाग्लुङ, स्याङ्जा आदि जिल्लामा प्रचलित ऐतिहाँसिक सराय नाचले कोटमौलाको देवीका मन्दिरमा मेला लाग्ने गर्दछ । भुरे–टाकुरे राजाहरुको युद्ध मात्र होइन दैत्यमाथि देवीको विजयको उत्सवका रुपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, खुँडा, भाला आदि हतियार प्रदर्शन गर्ने गरिन्छ ।

एतिहाँसिक र धार्मिक महत्व रहेको सरायँ नाच पछिल्ल दिनमा भने लोप हुने खतरा बढेको छ । युवापुस्ता विदेशमा जानेक्रम बढेसँगै युवाहरुको आकर्षण केही कम भएको छ भने स्वदेशमै भएका युवाहरु पनि यसलाई सास्कृतिक महत्वका रूपमा भन्दा पनि मेलाका रुपमा लिने, आधुनिक प्रविधिमा रम्ने तर यो नाचमा चासो नदेखाउने क्रम पनि बढेकाले कतै लाप हुने होइन त भन्ने चिन्ता बढेको छ । सरायँ नाचलार्य जोगाउन अहिले गुल्मीको धुर्कोट गाउँपालिकाले त बजेट नै छुट्याएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D