विवेक क्षत्री
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले फराकिलो अग्रतालाई कायमै राखेका छन् लागेका छन् । गठबन्दनका साझा उम्मेदवार मओबादी एकीकृतका के.सीले २ हजार २ सय ४० मतको अग्रता लिएका छन् ।
पछील्लो अप्डेट अनुसार ८ हजार ५६ मत गनिसक्दा के.सीले ४ हजार ७ सय २५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले २ हजार ४ सय ६० मत प्राप्त गरेका छन् ।
उता उपप्रमुखमा गठबन्धनकै बिष्णु प्रसाद भण्डारीले अग्रता लिएका छन् । नेपाली कांग्रेसका भण्डारीले रुख चिन्हमा ४ हजार १ सय २० मत ल्याएका छन् । भण्डारीका निकटतम प्रतिद्वन्दी एमालेकी राधिका अर्यालले २ हजार ९ सय २१ मतका साथ भण्डारीलाई पछ्याईरहेकी छन् ।
त्यस्तै मंगोल नेशनल अर्गानाईजेसनका उम्म्मेदवार कर्ण थापाले अध्यक्षमा १ सय २८ मत ल्याएका छन् भने उपाध्यक्षमा रितु सार्कीले १ सय २६ मत प्राप्त गरेकी छन् ।
स्वतन्त्र उम्मेदवार सुरेश परियारले जम्मा ७ मत पाएका छन् ।