गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दनका उम्मेदवार रामजी ढकालले झिनो मतको अग्रता बनाएका छन् ।
पछील्लो अप्डेट अनुसार गठबन्दनका ढकालले ५ सय ७१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बेद बहादुर थापाले ५ सय ३६ मत प्राप्त गरेका छन् ।
उता उपप्रमुखमा गठबन्धनकै मन्जु कुमारी दर्लामीले अग्रता लिएकी छन् । दर्लामीले ४ सय १२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ३ सय २० मतका साथ दर्लामीलाई पछ्याईरहेकी छन् ।
कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेले माओबादी केन्द्रसँग गठबन्धन गरेको छ ।