Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा उमेदवारी फिर्ता पछि माओवादी नेता थापाको पत्रकार सम्मेलन - Gulminews

गुल्मीमा उमेदवारी फिर्ता पछि माओवादी नेता थापाको पत्रकार सम्मेलन

सन्तोष महतारा
गुल्मी, १७ बैशाख । नेकपा माओवादी केन्द्र गुल्मीका नेता अशाेक थापाले आफ्नो उमेदवारी फिर्तापछि पत्रकार सम्मेलन गरेका छन् । रेसुङ्गा नगरपालिकाकाे उपप्रमुखमा उमेदवारी दिएका थापाले आफूले उमेदवारी फिर्ता लिएपछि पत्रकार सम्मेलन गरेका हुन् ।

नेकपा माओवादी केन्द्र गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का इञ्चार्ज समेत रहेका थापाले पार्टीको निर्देशन अनुसार उमेदवारी फिर्ता लिएको बताए । पार्टीले रेसुङ्गा नगरकाे उप्रमुखमा उमेदवारी दिन अनुरोध गरेपछि आफू तयार भएर उमेदवारी दिएको र फिर्ता लिन निर्देशन गरेपछि आफुले उमेदवारी फिर्ता लिएको थापाको भनाइ छ ।

उनले रेसुङ्गा नगरपालिकाकाे वडा नम्बर ६, वडा नम्बर १२ र वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका उमेदवार रहेको थापाले बताए । उनले नगरपालिका प्रमुख र उपप्रमुखमा सक्षम, अब्बल र याेग्य उमेदवार राेज्न पार्टीका कार्यकर्ता र आम समुदायलाई आग्रह गरे । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा माओवादीप्रति आस्था राख्ने सबै मतदाताले आफ्नो इच्छा अनुसार उमेदवार राेज्न पाउने माओवादी नेता थापाको भनाइ छ । विशेषगरी रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रकाे भागबन्डा नमिलेकोले गठबन्धन नभएको बताए । छत्रकाेट गाउँपालिका पनि पूर्ण रुपमा नभई आंशिक रुपमा गठबन्धन भएको थापाको प्रतिक्रिया रहेको छ । थापाले गठबन्धन नहुनुमा उनले नेकपा माओवादी केन्द्रकाे जिल्ला नेतृत्वलाई दाेष दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, प्रेस चाैतारी गुल्मीका अध्यक्ष अनिल खत्री, प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डे, प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्मा, जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबी खड्का लगायत जिल्लाका क्रियाशील अन्य पत्रकारहरुकाे उपस्थिति रहेको थियोे ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D