गुल्मी, १२ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धुर्कोट गाउँपालिकामा भुपाल पोखरेलले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पोखरेलले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
दोस्रो कार्यकालका लागि पार्टीको गाउँ कमिटी बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप आज उनले उम्मेदवार दर्ता गरेका हुन् । आफुले पहिलो कार्यकालमा सुरु गरेका कतिपय विकासका कामहरु अधुरै रहेकोले दोस्रो कार्यकालका लागि उम्मेदवार दिएको पोखरेलले बताए ।
आफ्नो कार्यकालमा धुर्कोट गाउँपालिका नेपालमा तेस्रो तथा लुम्बिनी प्रदेशमा पहिलो भएकोले अझै एक कार्यकाल पालिका अध्यक्ष भई जनताको सेवा गर्न चाहेको पोखरेलको भनाई छ ।