गुल्मी, ११ बैशाख । गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुको मनोनयन दर्ता भएको छ । आइतबार गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुको मनोनयन दर्ता भएको हो ।
मनोनय दर्ता पछि गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष देबिराम अर्यालले अर्यालले आफुहरुको जित सुनिश्चित भएको बताए ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट साझा उमेदवार बनेका नेपाली काँग्रेस मालिका गाउँकार्यसमितिका सभापति उपेन्द्र अर्यालले गाउँपालिकामा आजसम्म भइरहेका अनियमितता र भ्रष्टाचार बिरुद्ध आफुहरुको गठबन्धन भएको भन्दै सजिलै जित हासिल गर्ने बताए ।
गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वटा वडाध्यक्षसहित सबै उमेदवारहरुको मनोनयन दर्ता भएको वडा नम्बर ५ छापहिलेमा गठबन्धनबाट वडाध्यक्षका साझा उम्मेदवार रेखा कुमर जिसीले बताए । आफुहरुले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्ने उनको दाबी छ । उनले गाउँपालिकाको विकासका लागि साझा गठबन्धनका उमेदवारलाई बिजयी गराउन पनि मालिकाबासीसँग आग्रह गरे ।