Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
अलपत्र विद्यालय, चौरमा विद्यार्थी - Gulminews

अलपत्र विद्यालय, चौरमा विद्यार्थी

टोपलाल अर्याल
गुल्मी, चैत २८ । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीस्थित देउराली निमाविको नयाँ भवन निर्माणकार्य अलपत्र हुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । कक्षाकोठाको अभाव भएपछि कक्षा एकदेखि तीनसम्मका विद्यार्थीलाई खुला चौरमा पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार विद्यालयमा कक्षा एकदेखि आठसम्म गरेर जम्मा एक सय २८ विद्यार्थी छन् ।

वि.सं. ०१८ मा स्थापना भएको देउराली निमावि दोहलीको सबैभन्दा पुरानो प्राथमिक विद्यालय हो । विद्यार्थीको चाप र जीर्ण भवनमा पठनपाठनमा निकै मुस्किल परेपछि ०७१ सालमा शान्ति मन्त्रालयबाट क्रमागत रूपमा १२ लाखको नयाँ दुईकोठे भवनका लागि योजना पर्‍याे । अभिभावकले स्थानीय स्रोत थप्ने गरी तीनकोठे भवनको प्रस्ताव गरे । सुरुको दुई वर्ष तीन–तीन लाखका दरले बजेट आए पनि भवन निर्माणको काम भने पूरा नभएको प्रध्यानाध्यापक रिजालले बताए ।

समयमै मूल्यांकन नहुँदा बजेट फ्रिज

गत वर्ष लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख रुपैयाँले विद्यालय ढलानको काम भएको थियो । असार मसान्तको चापले गर्दा इन्जिनियरले विद्यालयको मूल्यांकन समयमा नगरिदिएकाले बजेट फ्रिज भएको इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए । काम गरेको रकम नपाएपछि निर्माण व्यवसायीले ढलानका टेकासमेत निकालेका छैनन् । झ्याल–ढोका, प्लास्टर र फर्निचरलगायतका काम अझै बाँकी छन् । निर्माणाधीन भवनको अलपत्र अवस्थाले विद्यार्थीमा जोखिम बढाएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D