अनिल खत्री
२२ भदौ, गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय वढीले स्वास्थ्य परिक्षण गराएका छन् ।
ब्रिटिस गोर्खा वेलफेयर स्किम जिडब्लुएसको आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन केएएएको संयुक्त प्रायोजनमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
मुसिकोट नगरपालिका ७ वामीको महेन्द्र आदर्श माविको प्रांगणमा सुरु गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, आँखाको मोती विन्दुको अप्रेशन, दन्तरोग तथा सामान्य स्त्रीसम्बन्धी रोगहरुको परीक्षण गरिएको शिविरको व्यावस्थापन गरिरहेका वेलफेयरका एरिया अफिसर गमवहादुर थापाले जानकारी दिए । शिविरवाट ७ सय ६३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
परीक्षण गरिएको विरामीमध्ये ४४ जनाको मोतीविन्दुको अपरेशन गर्नुपर्ने देखिएको डाक्टरहरुले बताए । मोतीविन्दुको प्रा.डा. सल्मा केसी राई नेतृत्वको टोलीले शल्यक्रिया गर्ने आयोजकले जनाएको छ । शिविरमा शल्यक्रिया, औषधि तथा कुनैपनि सेवाको शुल्क लिइएको छैन ।