gulminews logo
शनिबार, २०८१ बैशाख १५

बिपन्नलाई जस्ता पाता: मालिकामा अझै ७ सय घर परिवार खरका छाना मुनी

सन्तोष महतारा
गुल्मी । मालिका गाउँपालिका छापहिलेका धन वहादुर बिकको खरको छानो मुनि उनको कपाल फुल्यो । बृद्धाअवस्थासम्म खरकै सानो झुपडीमा दिनहरु विताए । केहि समय अगाडी सम्म बर्खाको त कुरा छोडौँ, एक झर पानी परे पनि पुरै विस्तारा भिज्थ्यो । आफैले घरको छानो फेर्न सक्ने अवस्था थिएन तर सरकारले विपन्न परिवारलाई खरका छाना मुक्त वनाउने कार्यक्रम ल्यायो । धनबहादुर पहिलो चरणमै नै पालो पर्‍यो । अहिले उनी आनन्दसँग वसिरहेका छन् । पानी आओस् नआओस् चिन्तामुक्त छन् उनी ।

धन बहादुरको मात्रै यस्तो अवस्था होइन थुप्रै संख्यामा यो अवस्था ब्यतितै थियो तर पछिल्लो समय यो समस्या हट्दै गएको छ । खरका छाना मुक्त वनाउने कार्यक्रम गुल्मीका सबै जसो स्थानिय तहले प्राथामिकताका साथ राखेका छन् । जसमध्ये मालिका गाउँपालिकाले पनि तिव्रताका साथ अगाडी बढाएको गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका पहिलो चरणमा चार करोड बजेट मार्फत चार सय घरधुरीलाई जस्ता पाता वितरण गरेको थियो । आउँदो आर्थीक बर्ष भित्र पनि चार करोड ५० लाख बराबरको बजेट मार्फत करिब छ सय घरधुरीको जस्ता पाता वितरण गर्ने तयारी रहेको गाउँपालिका प्रमुख थापाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले आउँदो आर्थीक बर्षमा सबै जस्तापाता आबश्यक पर्ने घरधुरीलाई वितरण गरी गाउँपालिका नै खरका छाना मुक्त गर्ने कार्यक्रम रहेको गाउँपालिकाला प्रबक्ता शोभाखर गिरीले जानकारी दिनुभएको छ ।
मालिका गाउँपालिकामा चार हजार भन्दा बढी घरधुरी छन् । जसमध्ये एक हजार एक सयको खरको छानो रहेको गाउँपालिकाले जानकारी दिएको छ । ति मध्य चार सय घरधुरीको छानो फेरिसकिएको छ । अब लगत्तै ६ सय घरधुरीको छानो फेर्ने कार्यक्रम रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D