gulminews logo
आईतवार, २०८१ बैशाख १६

मुसिकोट नगरपालिका भित्रका ४ जनालाइ कृत्रिम खुट्टा वितरण

अनिश शर्मा गैरे
गुल्मी, साउन १६ । गुल्मीको मुसिकोट नगरपालिका भित्रका ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाइ नि:शुल्क रुपमा कृत्रिम खुट्टा वितरण गरिएको छ । बुधबार दिउँसो एक कार्यक्रमको आयोजना गरि ४ जनालाइ कृत्रिम खुट्टा बितरण गरिएको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख डिबी जिसीले जानकारी दिए ।

गत बैशाख ११ र १२ गते सम्पन्न भएकोे अपाङ्गता शिविरमा उपस्थित भएका व्यक्तिहरुबाट छनौटमा परेकाहरुले कृत्रिम खुट्टा पाएका हुन् ।

कृत्रिम खुट्टा पाउनेहरुमा मुनपा ६ का ओम बहादुर थापा, मुनपा ४ का ओम बहादुर बगाले, मुनपा ७ का जगन्नाथ उपाध्याय र मुनपा २ का बल बहादुर रेस्मी रहेका छन् । मुनपा २ का बल बहादुर रेश्मी भने अनुपस्थित रहे । मुसिकोट नगरपालिकाको आर्थिक सहयोग तथा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको प्राविधिक सहयोगमा खुट्टा बितरण गरिएको नगरपालिकाका उपप्रमुख कमला शर्माले बताइन् । उनका अनुसार एउटा खुट्टाको मुल्य करिब ३३ हजार रुपैँया पर्छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D