gulminews logo
आईतवार, २०८१ बैशाख १६

मदानेमा २ दिने मैनबत्ती बनाउने तालिम सम्पन्न

अनिता खत्री
गुल्मी, जेठ १७ । गुल्मीको मदाने गाउँपालिकामा २ दिने मैनबत्ती बनाउने तालिम सम्पन्न भएको छ । आशा अपाङ्ग केन्द्र तम्घासको आयोजनामा तथा प्रगतिशिल अपाङ्ग समाजको सह-आयोजनामा तालिम सम्पन्न भएको हो ।

मदाने गाउँपालिकाको बिशेष सहयोगमा सन्चालित तालिमको समापन कार्यक्रमको अध्यक्षता आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सीको रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष के.सीले तालिम अत्यन्तै उपयोगी भएकाले व्यहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुर्कोटदहका ढाल बहादुर राउत क्षेत्री, जनज्योति क्याम्पस मदानेका क्याम्पस प्रमुख देविराम भुसाल, प्रगतिशिल अपाङ्ग समाज नेपालका अध्यक्ष विष्णु कुवँर, प्रगतिशिल अपाङ्ग समाज नेपालका निर्माण समिति अध्यक्ष वसन्त कुवँर लगायतको आतिथ्यता रहेको थियो ।

हिमा थापा, डम्मर गिरी र अमृत रसाइलीले प्रशिक्षण दिनुभएको तालिमको समापन कार्यक्रम सञ्चालन आशा अपाङ्ग केन्द्रका सुरेश श्रेष्ठले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D