gulminews logo
मंगलवार, २०८१ बैशाख १८

९ दिनदेखि सम्पर्कबिहीन गुल्मीका ७४ बर्षिय भट्टराई पन्जाबमा सकुशल फेला

सुरज भट्टराई
गुल्मी, भदौ २८ । गत २० गते दिउँसो १२ बजेदेखि रुपन्देही मङ्गलापुर केउलानी गुल्मेली पथ स्थित आफ्नै निवासदेखि निस्किएर संपर्क बिहिन भएका श्यामलाल भट्टराई भारतको पन्जावमा सकुशल फेलापर्नु भएको छ।

भट्टराई पहिले जागिरको सिलसिलामा लामो समय पन्जाबमा बस्नुभएको थियो । उहाँलाई हामिले किन एक्कासी यसरी कसैलाई जानकारी नगराई आउनूभयो भन्ने प्रश्न गर्दा भट्टराईले लामो समय काम गरेको ठाँउ देख्न मन लागेर आएको बताउनु भयो । “उमेरले नेटो काट्यो घरमा सोध्ने भनि जान दिन्नन्”, भट्टराईले भन्नु भयो, “आफुले काम गरेर लामो समय बिताएको ठाउ देख्न पाउन्न कि भन्ने लाग्यो अनि कसैलाई थाहा नदिई आएँ ।”

भट्टराई हराएको समाचार गुल्मीन्युज डट कम सहित बिभिन्न सन्चार माध्यमबाट प्रशारण भएपछी नेपाल प्रहरी खोजी कार्यमा लागेको थियो । खोजी गर्दा सुनवल नाकाको सिसिटिभीमा बुवाको फुटेज देखिएको थियो । परिवारले भारतीय प्रहरिलाई खोजी गरिदिन अनुरोध गर्दै निवेदन पेस गरेका थिए ।

सोमबार बिहान पन्जाबमा आफन्ती मुना अर्याल पोख्रेलको घरमा गएको अबस्थामा फेला पर्नुभएको हो । त्यहा भट्टराई एक्कासी पुगेपछि अर्यालले बुवा आफ्नोमा आएको कुरा परिवारलाई जानकारि गराउनुभएको थियो। पोख्रेलका अनुसार बुवा अहिले उहासँग सकुसल हुनुहुन्छ र घर जान पर्यो भन्दा अझै एक हप्ता नेपाल नजाने भनेर भनेको कुरा हामीलाई जानकारी दिनुभयो । आज नेपालबाट भट्टराईको परिवारबाट उहालाई लिन पन्जाब पुग्नुभएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D