बुटवल, भदाै ०४ । रूरू मिलन केन्द्रद्वारा मृगौला पिडित सिसमलाइ ४० हजार ५ सय रुपैँया सहयोग गरेको छ । मृगौला रोगबाट ग्रसित गुल्मी रुरुक्षेत्र वडा ३ निवासी २३ बर्षिय सिसम ज्ञवालीको उपचारको सहयोगार्थ सो सहयोग गरेको हो । पीडित ज्ञवालीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।
केन्द्रको ५ औँ स्थापना दिवसको अवसरमा बुटवलमा एक कार्यक्रम आयोजना गर्दै केन्द्रले बिरामीको आमा, काका र बैनिलाइ सो रकम हस्तान्तरण गरेको अध्यक्ष अध्यक्ष जमुना सुबेदीले जानकारी दिईन् ।
सहयोग रकम समाजका पदाधिकारी, सल्लाहकार, सदस्यहरुले नै उठाएर बिरामीलाइ हस्तान्तरण गरेको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।
मृगौला पिडित ज्ञवाली परिवारले थप आर्थिक सहयोगको याचना समेत गरेका छन् । सहयोग गर्न चहानुहुनेहरुले सिसमको तिनाउ मिसन बैंकको खाता न ००४०००१७७०१ एन मा सहयोग रकम जम्मा गर्न सकिने पनि उनको परिवारले जनाएका छन् ।