gulminews logo
बिहीबार, २०८१ बैशाख ६

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्याल
गुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम गरे । घर फर्केर परिवारसंग रमाउने बेला दुवै मृगैला फेल भए । उनी उमेरले ४७ बर्षका हुन् । खत्रीले उमेर र स्वास्थ्यले काम गर्ने बेलासम्म परिवारको खुसी र समृद्धिको लागि परदेशमै परिश्रम गरे । अब न कमाई न स्वास्थ्य ।

बल्लतल्ल कमाएको पैसा उपचारमै सकियो । अव भन्नुस्, गरिवलाई यो भन्दा पीडा के होला । गाउँमा खेती किसानी गरेर बिहान बेलुकाको जोहो गरिरहेको खत्री परिवारमा शेर बहादुरका दुवै मृगौला फेल भएपछि बेचैन सुरु भएको छ । भारतमा काम गर्दै थिए । एक महिना अघि खत्रीको एक्कासी रक्तचाप बढ्यो । उपचारको लागि अस्पतालहरु चहारे । उच्च रक्तचापको नियन्त्रणका नभएपछि डाक्टरले शल्यक्रिया गर्ने निधो गरे । तर, पनि उच्च रक्तचाप नियन्त्रणमा आउन सकेन ।

पछि मृगौलाको जाँच गर्दा दुवै मृगौला फेल भएको पत्ता भयो । मृगौला फेल भएपछि उनीसंगै परिवारका सन्नटा छायो । खत्रीको अहिले भारतको मुम्बई स्थित सन्जीवनी भीड लाइट मेडि प्वाइन्टमा डायलासिस भइरहेको छ । डाक्टरले उनको मृगौला प्रत्यारोण गर्नुपर्ने सुझाव दिएका छन् । तर, धेरै रकम लाग्ने भएकाले परिवारसंग गत्तिलो आर्थिक स्रोत छैन् । अहिलेसम्म आठ लाख भन्दा धेरै खर्च भइसकेको परिवारले जनाएको छ । अस्पतालका अनुसार मृगौला प्रत्यारोपणका लागि अझै २० लाख भन्दा बढी खर्च लाग्छ ।

आमा लक्ष्मी खत्रीले छोरालाई मृगौला दिने योजना बनाएकी छन् । शेर बहादुरले आफ्नो स्वास्थ्यसंगै परिवारको बिचल्ली भएकोमा चिन्ता व्यक्त गरे । ‘म अस्पतालको बेडमा छु । बाँच्छु की मर्छु त्यो भगवान भरोसा भयो,’उनले भने,‘घरमा भर्खरै हुर्कदै गरेको सानो छोराको बिचल्ली हुने भयो ।’ खत्रीको परिवारमा तीन जना छन् । घरमा १४ वर्षका एक छोरा र श्रीमती छन् ।

खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न दिलकुमारी खत्रीको मोबाइल नम्बर ९८४७४२१२२४ र विष्णु गौतमको मोबाइल नम्बर ९८४०६७०२५० मा सम्पर्क गर्न सकिनेछ । भने प्रभु बैङ्कमा रहेको विष्णु कला खत्रीको खाता नम्बर १०५०१९४६६७९०००१९ मा सिधैं रकम जम्मा समेत गर्न सकिने परिवारजनले जनाएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D