gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्याल
गुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का । जसको कल्कलाउँदो जोवन अस्पतालको बेडमा पल्टिएको छ । त्यतिकै पनि पट्यार लाग्ने अस्पतालको बसाई । तर, मोहन अस्पताल बसेको चार महिना यो । उनीसंग त्यो बाहेक अर्को बिकल्प पनि छैन फेरि । मोहन झट्ट देख्दा स्वस्थ्य जस्तो देखिन्छन् । तर, टाउको बाहेकको शरिर चल्दैन । उनलाई घाँटीभन्दा तल केहि पनि महसुस हुँदैन ।

दैनिक अस्पतालको बेडमा ज्यान थला परेको छ । उनी नेपालगञ्जमा ०७८ चैत २६ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा खड्काको भोँक्राको हड्डी भाँचिएको छ । जसका कारण टाउको बाहेकको शरिर चल्दैन् । उनी सामान्य परिवारका हुन् । दुर्घटनामा परेर गम्भिर घाइते भए । बिपन्न परिवारलाई त्यो भन्दा ठुलो पीडा के होला ।

अहिलेसम्म १२/१३ लाख खर्च भएको छ । अहिलेसम्म सबै खर्च आफुले गरेपनि अब कुनै विकल्प नभएको मोहनको उपचारमा सहजीकरण गरिरहेका फुपूको छोरा राजु घर्तीले जानकारी दिए । मोहनको अहिले सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार गराई रहेका छन् । चार महिनामा नेपालगञ्ज मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर स्पाइनल इन्जुरी रिह्याविलिटेशन साँगा, नेपाल मेडिकल कलेज फेरिसके । तर, ज्यानमा सन्चोचन्दा समस्या थपिदै गए । लामो समय उपचार गर्ने परिवारसंग आर्थिक स्थिती छैन् । बुबाआमा गाउँमा मजदुरी गर्छन । मोहनले सहकारीमा काम गर्थेे । कामकै शिलसिलामा दुर्घटनामा परे ।

घर र पाखोबारी बेचेपनि मोहनको उपचार खर्च थेग्न नसक्ने अवस्था भएकाले सहयोग गर्न बुबा बसन्त खड्काले आग्रह गरे । बिस्तारामै पल्टिरहेका कारण मोहनको कम्मरदेखि तलको भागमा घाउ भएका छन । अहिले घाउको उपचार गर्ने र पछि थेरापी गरेर सामान्य जीवनमा फर्काउन सकिने अस्पतालले बताएको छ । मोहनले बिस्ताराबाटै उपचारमा सहयोगको याचना गरे । उनले आफुलाई अस्पतालको बेड बाहिरको जीवन देख्ने ठूलो रहर भएको बताए । “अझैसम्म आशा मरेको छैन । पैसाको अभावमा उपचार बन्द नहोस् भन्ने कामना छ, उनले भने, सहयोग र उपचार पाए सन्चो भएर घर फर्कन्छु ।”

सहयोगको लागि सम्पर्क: राजु घर्ती
मोबाइल: ९८५१२३१९७२

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D