gulminews logo
बिहीबार, २०८१ बैशाख १३

खुट्टामा किरा परेर उपचार गराइरहेकी रानालाई आर्थिक अभाव, पैसा नभएपछि औषधी रोकिन थाल्यो

टोपलाल अर्याल
गुल्मी, ३१ असार । केहि समय अघि उपचार अभावमा मुसिकोट ३ की ५० बर्षीया पुतली रानाको खुट्टा कुहिएर किरा झरिरहेको बिक्षिप्त अवस्थाको स्टोरी नयाँ पत्रिकामा प्रकाशित भएको थियो । केहि समयपछि उनको उद्धार गरेर काठमाण्डौ किर्तिपुर अस्पतालमा पुराएपछि उपचार भइरहेको थियो ।

रानाको खुट्टाको अप्रेशन गरिएको छ । उपचार महङ्गो भएकाले आफुहरुले अप्रेशन र बेड चार्ज मात्रै निशुल्क गर्न सकिएको किर्तिपुर अस्पताल (च्क्ष्क्इए) प्रोग्रामचिफ कोर्डिनेटर हेमन्तध्वज जोशीले बताए । जोशीका अनुसार अहिलेसम्म औषधीको ९१ हजार ६ सय ४० र खाना, खाजा र बासको रकम बाँकी छ । अस्पतालले अप्रेशन, बेड र अरु केहि खर्च गरेर करिव दुई लाख निशुल्क गरेको जोशीले बताए । उनले अब राना डिस्चार्जको नजिक भएकाले औषधी र क्यान्टिनको पैसाको लागि सहयोग गर्न नयाँपत्रिकाकर्मीसंग आग्रह गरे ।

‘अस्पतालको नीति बाहिर केहि गर्न सकिदैन । पैसाको अभावकका कारण महत्वपूर्ण औषधी इन्टिबाइटिक समेत रोकियो,’उनले भने,‘अब अस्पतालमा जति राख्यो आर्थिक बोझ थपिने हो ।’ कुमाल अस्पतालको बेड नं ३२१ म छन् । उनी गाउँमा चिया पकाउँदा तातो पानी खुट्टामा परेपछि घाउ बल्झिएर समस्यामा परेकी थिइन् । रानाका श्रीमान छैनन् । छोराछोरीले वास्था गर्दैनन् । केहि समयदेखि माइतको खाली घरमा बस्दै आएकी थिइन् । उनलाई मुसिकोट नगरपालिकाको ५० हजार आर्थिक सहयोगमा काठमाण्डौ पुराइएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D