सन्जु अर्याल
कृषि परम्परा देखि गरिदै आएको र सबैलाइ थाहा भएको कुरा हो । नेपालमा आर्थिक उन्नतिका लागि बिध्यमान सम्भावनाहरु मध्ये सबैभन्दा महत्त्वपूर्ण र सशक्त सम्भाबना भएको क्षेत्र कृषि आज पनी उपेक्षित र अपहेलित पेशाको रुपमा रहेको छ ।
नेपालको सन्धर्भमा बहुसंख्यक कृषकहरु अझै पनि परम्परागत खेती गर्न बाध्य छन । हामिसँग बिकासमा लागेका देशहरुले ठुलै फड्को मार्दै गर्दा हामी हेर्न मात्र बाध्य भयको अबस्था छ । उनिहरु हरित क्रान्ति देखि जैबिक क्रान्ति तिर लागिसके हामी भने अझै उनै गोरु-राँगा, पुरानो बीउ अनि पुरानै तरिकामा अल्झेका छौ । कृषिमा आधुनिक उपकरणको प्रयोग नगरिने हुदा धेरै जमिन बाँझो नै रहन्छ । बिद्यमान निर्बाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र दिगो नबनाएसम्म जिबनस्तर सुध्रनेवाला छैन।
नेपालमा करिब एकतिहाइ आयस्रोत कृषिले नै ओगटेको छ, यदि हामी कृषिमा क्रान्ति गर्ने हो भने साना तथा मझौला उद्योगहरु बिकास गरि गरिबी न्यूनीकरण गर्ने खालको आर्थिक क्रान्ति गर्नु जरुरि छ । क्रमिक रुपमा कृषिलाई बैज्ञानिक तरिकाले ब्यबस्थित गर्न र आधुनिक रुपमा बिकास गर्ने हो भने कृषि क्रान्ति हुनेमा दुइमत छैन । यसका लागि सबैमा प्राबिधीक ज्ञान हुनुपर्छ । विभिन्न संस्थाबाट अनुसन्धान भएका तरिकाहरु किसान सम्म पुग्नुपर्छ । हामी तिनै बाबुआमाका छोराछोरी हौ, जसले परम्परागत तरिकाले ब्यबसाय गरेर हामिलाइ पाल्नुभयो अब हामिले बैज्ञानिक र ब्यबस्थित तरिकाले कृषि ब्यबसाय गरेर उत्पादन बढाएर सिङ्गो देशलाई पाल्नु छ । निर्बाहमुखी कृषिलाई व्यावसायिक बनाउनु छ । आधुनिक प्रबिधी घरघरमा पुर्याउनु छ । कृषिमा व्यावसायिकरण र ब्यापारिकरण गर्नुछ र त कृषि क्रान्ति हुनेछ जसका लागि हामी कृषि पढ्नुछ ।