Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सर्जक शिव सुबेदीको शब्दमा दश जना कलाकारले गाएको गीत ‘अति भयो अति’ (भिडियो सहित) - Gulminews

सर्जक शिव सुबेदीको शब्दमा दश जना कलाकारले गाएको गीत ‘अति भयो अति’ (भिडियो सहित)

अनिल खत्री
गुल्मी, २ भदौ । सरकारले राम्रो काम गर्न नसकेको प्रति गीत मार्फत खबदारी गरिएको गीत सार्बजनिक भएको छ । लोकप्रिय गीतकार शिव सुबेदीको शब्द र अर्जुन पोखरेलको संगीत संयोजनामा गरिबको ‘अति भयो अति’ सार्वजनिक भएको हो ।

गरिबको पिडा र सरकारप्रतिको निराशालाई गीतमा मार्फत सार्बजनिक गरिएको गीतकार सुबेदीले बताए । सरकारले जनताको निम्ति गर्न नसकेका कामहरुको बिषयवस्तु माथी खबरदारी गर्दै गीतमा समाबेश शब्दहरु समेटीएका छन् । सरकारप्रतिको जनता आशा र सरकारले गर्नुपर्ने कामहरुलाई गीतबाट खबदारी गर्दै गीत सार्बजनिक गरिएको गीतकार सुबेदीले बताए । उनले कुनै पनि दलको टिप्पणी, समर्थन नभइ जनताले सरकारप्रति मारेको निराशालाई गीतमा उल्लेख गरिएको उनको भनाई छ ।

पछिल्लो सय यता लोक गीतक्षेत्र केहि पातलो उपस्थिती जनाएका गीतकार सुबेदी नेपाली गीत लेखन र प्रकाशनमा सक्रिय रहँदै आइरहेका छन् । धेरै कलाकारको सामूहिक आवाजमा सार्वजनिक चासोको विषयमा ‘खै हाम्रो दिलमा त घामै लागेन’ भन्ने गीत पाँच वर्ष पहिले नै प्रकाशित भैसकेको थियो ।

त्यसमा पनि धेरै कलाकारको आवाज समेटिएको थियो । यस पटकको गीत मा पनि दश जना कलाकारहरू सहभागी छन् । पुरुष कलाकार तर्फ कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती रहेका छन् भने महिला कलाकार तर्फ मञ्जु पौडेल,टिका सानु, कमला पोखरेल, सुनिता बुढा र सम्झना भण्डारीको स्वरमा यो गीत रेकर्ड गरिएको छ ।

सरकारको कार्यशैलीबाट निराश भएका जनताको आवाज स्वरूप आफूले यो गीत ल्याएको गीतकार सुबेदीले बताए । उनका दर्जनौँ गीतहरू सुपर हिट छन् । नेपाली गीत सङ्गीत क्षेत्रलाई प्रदान गरेका गीतकार सुबेदी उच्चशिक्षा ‘पिएचडी’ अध्ययनको सिलसिलामा स्विजरल्याण्डमा रहँदै आएका छन् । हालै सार्बजनिक भएको ‘अति भयो अति’ गीतको भिडियो शिब सुबेदीको युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D