गुल्मीका एक सहित २ जना बुटवलमा २२ किलो चरेससहित पक्राउ

बुटवल, असार २२ । रुपन्देहीको बुटवलमा २ जना २२ किलो चरेससहित पक्राउ परेका छन् । प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले बुटवल उपमहानगरपालिका वडा नं १२ हरियाटोलका धनबहादुर दमाइको खाली घर खानतलासी गर्दा २२ किलो ५०० ग्राम चरेस फेला पारेको हो ।

सूचनाको आधारमा प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको प्रहरी टोलीले सोही ठाउँबाट गुल्मी मदाने गाउँपालिका ७ बस्ने २९ वर्षका मेघराज गिरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका स्यालपाखा बस्ने ३५ वर्षका रतिभान दमाइलाई पक्राउ गरेको प्रदेश ५ प्रहरी प्रवक्ता राजकुमार वैदवारले बताए ।

यस्तै प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिकामा लुकाएर राखेको बाघको छाला र हड्डी बरामद गरेको छ । प्रहरीले मकैबारीमा छाला लुकाएर राख्ने स्थानीय ४६ वर्षीय नवराज घर्तीमगरलाई पक्राउ गरेको छ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ