टोपलाल अर्याल
म पनि एसइई परिक्षा स्थगितको समाचारले चकित परे । त्यो भन्दा दश मिनेट अघि प्राबिधिक धार अन्तरगत परिक्षा दिन शान्तिपुरबाट सदरमुकाम आएका बिद्यार्थीहरुको उमंग, कौतुहलताका अभिव्यक्ति सुनेको थिएँ । एकै साथ अनलाइन आएका सुचनाले मैले पत्याउनुको विकल्प रहेन् । कति जना परिक्षाकेन्द्र आइपुगेका थिए होला । एक गाउँबाट अर्को गाउँ वा गाउँबाट सदरमुकाम । मेहेनत राम्रो थियो । चाँजोपाँजोमा सरकारको मात्रै भएन बिद्यार्थीहरुले पनि खर्च गरेका थिए ।
यो निर्णय एक/दुई दिन अघि भएको भए गजव हुन्थ्यो । खयर केहि छैन । सरकार पनि बाध्य भएर निर्णय ग¥यो । यो बिषय प्रत्येक नागरिकको हितमा छ । कोरोना संक्रमणले नेता वा कार्यक्रता र सरकार वा जनता भन्ने बिषयनै भएन् । अव मिलेर सामना गर्नुको बिकल्प छैन ्। अवेर परिक्षा केन्द्रको व्यावस्थापन सकेका केन्द्राध्यक्ष र प्रध्यानाध्यापक, अभिभाव, शिक्षक, बिद्यार्थी र सरोकारवालाको अभिव्यक्ति गल्ली र फेसवुकमा निकै बर्सिएका छन् । केहि जिम्मेवारले कोरोनालाई पनि पक्ष र बिपक्ष बनाएका छन् । बुझेर पनि नुनको सोझो गर्नु परेन् ।
अब शिक्षक र सरोकारवालाले कुरा नबुझे चैत्र ६ गते परिक्षा केन्द्रमा दुर्घटना हुन सक्छ । सुचना पाएका वा नपाएका बिहिबार एक पटक परिक्षा केन्द्रमा पुग्छन् नै । नबुझेर बिद्यार्थीले सोध्लान । शिक्षकले बुझेर कन्भिन्स गर्नुस् । नबुझेर थप मलजल नगर्नुस् । मैले केहि स्थानीय तहमा शिक्षक, प्रध्यानाध्यापक र शिक्षा शाखा संयोजकलाई समेत यो बिषयमा जानकारी गराएको छु । बिद्यार्थीमा स्वभाविक आक्रोश आउन सक्छ । त्यसलाई शिक्षक र सरोकारवालाले नम्र शैलीमा संबोधन गर्नुको बिकल्प छैन् । तर सम्झाउनुको सट्टा आक्रोशमा मलजल भए अप्रिय घटना हुनसक्ने तर्फ सचेत बनौ । बिपत्तनै भएकाले सवैले मिलेर सामना गरौ । परिक्षा स्थगित भएकोमा दुखी र सरकारलाई गाली होइन, अहिलेसम्म कोरोनाको दुखद खबर नेपालमा सुन्न नपरेकोमा खुसी बनौ । सरकाले निर्देशन गरेका कुरालाई सवैले मिलेर कार्यान्वयन गरौ र सवैलाई सचेत बनाऔ ।