गुल्मीमा स्मार्ट फोनको टावरमा आगोलागी

टोपलाल अर्याल
गुल्मी, १३ माघ । गुल्मीमा स्मार्ट फोनको टावरमा अज्ञात पक्षद्धारा आगोलागी भएको छ । धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा गएराति आगोलागी भएको हो ।

करिव पाँच बर्षदेखि धुर्कोट कोट नजिकै स्थानीय कमल थापाको बारीमा स्मार्ट फोनको टावर संचालन भएको वडाध्यक्ष कृष्ण बहादुर नेपालीले बताए । घटना स्थलमा बस्तु प्रहरीचौकीबाट असई लोकमान ताम्राकारको टोली पुगिसकेको छ ।

ताम्राकारका अनुसार राती करिव ११ बजे आगोलागी भएको हो । टावरको ओडि बक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको छ । घटनाका बिषयमा प्रहरी प्रशासनलाई जानकारी भइसकेकोले कसले आगो लगाएको हो भन्ने बिषयमा थप अनुसन्धान अगाडी बढ्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।

कोटमा अन्य संचार माध्यमका टावर तथा संचार उपकरण भएपनि कुनै क्षति नभएको पोख्रेलले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ