गुल्मीमा टाऊको फुटालिएको अवस्थामा एक जना मृत भेटिए

रामकृष्ण कंडेल
गुल्मी, पुस ५ । गुल्मीको चन्द्रकोट गॉऊपालिका वडा नं ७, रूपाकोटको खोलाखेतमा एक जना बृद्ध मृत अबस्थामा भेटिएका छन् ।

रूपाकोटको देऊराली भन्ने ठॉऊमा स्थायी ठेगाना भई रूपाकोटका शंकर गैरेको खेत ठेक्का गर्दै आएका बर्ष ७१ का काउले दाई भनेर चिनिने देबिराम भण्डारीको हत्या भएको हुन सक्ने तुराङ गाबिसका पूर्ब अध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेतले जानकारी दिए । भण्डारीको हिजो शुक्रवार सॉझ ५.३० बजे तिर हत्या भएको हुन सक्ने बताईएको छ । बस्नेतका अनुसार, ‘रूपाकोटकै शंकरको खेतको गोठमा काउले दाईलाई मृत अबस्थामा देखियो । मृतकको टाऊको ढुंगाले हानेर फुटालिएको अबस्थामा छ, नाकबाट निकै धेरै रगत बगेको छ ।’

दिन भरी खेतमा काम गर्ने र सॉझ आफ्नै घर देऊराली जाने गरेका देबिराम सॉझ सम्म घर नआए पछी घरबाट बुहारी र छोरीले खोज्दै आऊँदा गोठमा मृत अबस्थामा भेटिएको बताईएको छ।

प्रहरी घटनास्थलमै पुगिसकेको छ। थप बिबरण आऊन बॉकी ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ