गुल्मीमा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन शुरु, एक बर्ष भित्र परिचय पत्र दिईने

टोपलाल अर्याल
गुल्मी, ३२ साउन । गुल्मीमा राष्ट्रिय परिचय पत्र बिवरण संकलन कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्रको शाखामा पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको विवरण संकलन गरेर कार्यक्रमको शुभारम्भ भएको हो ।

अव जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य थालनी भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय र प्रत्येक स्थानीय तहमा टोली पुगेर विवरण संकलन गरिने छ । अव जिल्ला प्रशासनको आइतबारबाटै नागरिकता वितरणसंगै फोटोसहितको मततादा नामवली र राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिने पौडेलले जानकारी दिए ।

अहिलेसम्म शाखा स्थापना र पुर्वाधार तथा जनशक्ति व्यावस्थापनको काम भएकाले विवरण संकलन सुरु गरिएको प्रशासन कार्यालयले जनाएको छ । एक बर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D