पत्रकार पुडासैनी “आत्महत्या” प्रकरणमा एक युवती पक्राउ

काठमाडौं, साउन ३० । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्कीलाई चितवन ल्याएर थप अनुसन्धान सुरू गरेको जानकारी दिए।

यसअघि बुधबार पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा उनले आफूलाई तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका छन्। न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, सोही कार्यक्रमका युवराज कँडेल र नर्ससमेत रहेकी कार्कीका कारण आफूले आत्महत्या गरेको उनको भिडिओमा उल्लेख छ।

पुडासैनीले भिडिओमा नाम लिएका तीनै जनालाई अनुसन्धान गर्ने क्रममा प्रहरीले कार्कीलाई पक्राउ गरेको मल्लले जानकारी दिए। पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए। पूर्वसहकर्मीले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएपछि पत्रकार लामिछानेले घटनाको छानबिनमा सघाउने बताउँदै आएका छन्। -सेतोपाटी डट कमबाट साभार

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D