सन्तोष महतारा
गुल्मी, असार १९ । गुल्मीमा कुनै यस्तो सरकारी कार्यालय समेत छ जहाँ कार्यालयका कर्मचारी बसेर सेवा प्रवाह गर्ने गतिलो समेत ठाउँ छैन । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको निर्वाचन क्षेत्र तथा ५ नम्बर प्रदेशका सामाजिक तथा सुरक्षा विकास मन्त्री सुर्दशन बरालको गाउँमै रहेको स्वास्थ्य चाैकीले साँघुरो स्थानबाट सेवा दिन वाध्य भएको छ । एउटा काेठामा कार्यालय प्रमुख बस्छन् अरु स्वास्थ्यकर्मीहरु दिउँसाेभरी पिँडीमै बसेर बिरामीकाे उपचार गर्न वाध्य छन् ।
जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर तिन हर्राचाैर स्वास्थ्य चाैकीमा राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नाड्रेक) ले गरेको सामाजिक परिक्षणकाे क्रममा यस्तो देखिएको छ ।
हर्राचाैर वडामा रहेको स्वास्थ्य चाैकीले साविकका ५ वटा वडाका १७ सय तिन जना जनसंख्यालाई हेर्ने गरेकाे स्वास्थ्यचाैकी प्रमुख धिराेज मगरले बताए । उनले महिलाहरू कुनै समस्या भएर आउँदा आफु कुर्सी छाेडेर बाहिर जानुपर्ने अवस्था आउने पनि बताए ।
वडामा अति आवश्यक रहेको स्वास्थ्य चाैकी जुन भाडामा रहेकाे छ । त्याे पनि भाडामा एउटा काेठा मात्रै छ । स्वास्थ्यकर्मीहरु बाहिर पिँडीबाटै बिरामी जाँच्छन् ।
बि.स २०५६ सालमा स्थापित स्वास्थ्य चाैकी अहिले २१ बर्षभन्दा बढी स्थापना भएको नै भयो । मन्त्रीहरुकै निर्वाचन क्षेत्र तथा गाउँ समेत रहेको ठाउँमा रहेको स्वास्थ्य चाैकीकाे भवन समेत नहुदाँ स्थानीयले सास्ती समेत खेप्नुपरेको त छ नै, स्वास्थ्यकर्मी समेत पनि पिडित बनेका छन् ।
त्यहाँका स्थानियहरुले भने झरना, पार्क बनाउन ३०/३५ लाख रुपैँया बजेट खर्चिने तर स्वास्थचाैकी जस्तो अती महत्वको सेवासुधारको लागि बजेट नछुट्टाउँदा दु:ख लागेको बताए ।
यसै बिषयलाई चन्द्रकाेट गाउँपालिका प्रमुख द्राेण बहादुर खत्रीले आउँदी आर्थीक बर्ष २०७६/०७७ मा २५ लाख छुट्टाएर भवनको लागि पहल गर्ने तथा प्रदेश सम्म स्वास्थ्य समस्या पुराएर यसकाे समाधान गर्ने प्रतिकृया दिएका छन् ।
गाउँपालिकाले प्राय स्वास्थ्य चाैकी स्मार्ट बनेकाे र हर्राचाैरलाई पनि छिट्टै नै स्मार्ट बनाउन प्रदेश मन्त्री सुदर्शन बरालसँग माग गर्ने बताए ।