गुल्मीमा २५ प्रतिशत रोपाई

हुमाकान्त पोखरेल
गुल्मी, १५ असार । गुल्मीमा अहिलेसम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । जिल्लामा धान खेतिको लागि कुल क्षेत्रफल १० हजार ४४० क्षेत्रफलमध्ये कुल दुई हजार ६१० क्षेत्रफलमा धान रोपाई भएको हो ।

जिल्लाको चौरासी, अश्लेवा, ग्वादी, खज्र्याङ्ग, दमुका, सोता, आं’पचौर, वामी लगायतका क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ । ती क्षेत्रहरुमा चन्दिना, सीएच् ४५९, खुमल ४, खुमल ६, मकवानपुर १ लगायतका उन्नत जातका धान लगाईने गरिन्छ ।

त्यस्तै जिल्लामा हशंराज, आपझेत्ते, मार्सि काठेजिनुवा, जडन, जेठो बुढो लगायतका स्थानीय जातका पनि धान लगाईने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत सन बहादुर रानाले जानकारी दिए । जिल्लामा कुल खेतियोग्य जमिन ७५ हजार ४३.६ हेक्टर छ । जसमध्ये १० हजार ६२७ हेक्टर जमिन सिचिँत छ । उक्त क्षेत्रफलमध्ये चैते धान खेती हुने क्षेत्रफल ४८० हेक्टर र बर्षे धान उत्पादन हुने क्षेत्रफल नौ हजार ९६० हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रानाले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D