gulminews logo
मंगलवार, २०८१ बैशाख १८

कफीबाट समृद्धि खोज्दै लुम्पेकी महिला, कफी उत्पादनसंगै प्रशोधनको योजनामा

टोपलाल अर्याल
गुल्मी, २४ भदौ । मिश्रित कफी उत्पादक कृषक समुह सत्यवति गाउँपालिका ३ को कफी प्रशोधन उद्योग तथा मेसिनरी औजारहरु हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई गुल्मीले मिश्रित कफी उत्पादक कृषक समुह सत्यवति गाउँपालिका ३ लाई २३ लाख ५३ हजार तीन सय १६ रुपैयाँको कफी प्रशोधन उद्योग निर्माण गरिदिएको छ । कार्यालयको २० लाख र समुहको १५ प्रतिशत लगानीमा भवन निर्माण गरिएको थियो । त्यस्तै परियोजनाले कफी समुहलाई छ लाख ९० हजार पर्ने एक थान हलर मेसिन प्रदान गरेको छ । जसमा परियोजनाको पाँच लाख ८३ हजार पाँच सय र समुहको एक लाख ३५ हजार खर्च भएको छ । त्यस्तै परियोजनाको ५३ हजार पाँच सय पचास र समुहको नौ हजार चार सय ५० गरेर ७० हजारमा खरिद कफी पल्पर मेसिन समुहलाई हस्तान्तरण गरिएको हो ।

प्लाष्टिक पाउच सिल प्याक पनि समुहलाई प्रदानद गएिको छ । परियोजनाको तर्फबाट ४० ह्जार आठ सय र समुहको सात हजार दुई सय रुपैयाँको लगानीमा मेसिन खरिद दिएको थियो । समुहलाई भवनसहित मेसिन हस्तान्तरण गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले कफीबाटै ठुलोलुम्पेकको पहिचान गराउनुपर्नेमा जोड दिए । उत्पादनको दृष्टिकोणले गाह्रो बिषय भएपनि महिला र समुदायमा देखिएको आकर्षणले कफी विकास र समृद्धिको संभावना ठुलोलुम्पेकमा बढि रहेको खत्रीले बताए । उनले कृषक समुह र समुदायसंग उर्जासंगै कृषिका योजना भए बजेटमा कुनै समस्या नभएको प्रतिक्रिया दिए । स्थानीय तह, प्रदेश र संघिय कार्यालयले एकै प्रकृतिका कार्यक्रम गर्दा डुब्लिकेशनको संभावना हुने भएकाले समन्वय गरेर काम गर्न खत्रीले सुझाव दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई गुल्मीका प्रमुख श्रीकृष्ण न्यौपानेले ठुलोलुम्पेक मौषम र वातावरणीय हिसाबले कफीको लागि उपयुक्त भएकाले ढुक्क भएर कफीको क्षेत्रमा काम गर्न स्थानीयलाई आग्रह गरे ।

न्यौपानेले इच्छाशक्ति, कफि रोप्ने र क्षेत्रफल बिस्तार गरे कफीबाट सोचेभन्दा राम्रो आम्दानी गर्न सकिने बताए । उनले बिउ, मल, प्र्रविधि र संरचना निर्माणमा सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संगै थुुप्रै निकाय भएकाले कफीमय ठुलोलुम्पेक बनाउन स्थानीय समुहलाई आग्रह गरे । सत्यवति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष जित बहादुर तरामुले कफी उत्पादन र प्रशोधन केन्द्र लुम्पेकी जनताको आर्थिक समृद्धिमा महत्वपूर्ण काम गर्ने बताए । लुम्पेकमा ०५८ सालबाट कफी खेतिको सुरुवात भएको पाइन्छ ।

व्यक्ति बिशेषले उत्पादन गर्दै आएको कफी अहिले समुह मार्फत व्यावसायीक बन्दै जान थालेको छ । समुहले तीन वटा कफीका नर्सरी निर्माण गरेका छन् । भने गाउँमा करिव डेढ सय रोपनी क्षेत्रफलमा १५ हजार कफी रहेका छन् । केहिले उत्पादन दिन थालेका छन् । भने केहि बोट हुर्किदै गरेको अगुवा कृषक नरमाया रानाले बताइन् । उनले ठुलो लुम्पेककमा कफीको इतिहास र बर्तमान अवस्थासंगै भवन निर्माणका बिषयमा जानकारी दिएकी थिइन् । उनले हिजो ज्ञान र प्रविधि बिना लुम्पेकमा उत्पादन सुरु गरिएकोमा अहिले कफीको व्यावसायीक उत्पादन र प्रशोधनसम्मको स्थितीमा पुग्नु निकै सुखद बिषय भएको बताइन् । उनले अहिलेको अवस्थामा आउन निकै गाह्रो परिस्थितीको सामना गरेको स्मरण गर्दै नेपालका बजारहरुमा जबसम्म लुम्पेकको कफी पुग्दैन तबसम्म आफुहरुको उर्जा नघट्ने बताइन् । कार्यक्रममा समन्वय प्रमुख खत्रीसहित उपप्रमुख तेजेन्द्र सलामी, सुनिता जिसी, नरमाया थापा, वडाध्यक्ष जित बहादुर तरामु, कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख छविन्द्र बेलबासे, सत्यवति गाउँपालिका कृषि अधिकृत उपकार भण्डारी, तेज कुमारी थापा लगायतले आफ्नो भनाई राखेका थिए । कफी प्रशोधन भवन निर्माणको लागि स्थानीय जित बहादुर राना, इश्वरी राना र दुर्गा बहादुर सिंजालीले जग्गा उपलब्ध गराउनु भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D