फरक कार्यक्रममा जोड दिँदै कालिगण्डकी गाउँपालिकामा, युवाहरुलाई देशमै स्वरोजगार बनाउने उद्देश्य

तिलाचन पाण्डे
गुल्मी, असार १३ । गुल्मी जिल्लाका २ नगरपालिका र १० वटा गाउँपालिका गरि कुल १२ वटा स्थानीय तहहरु रहेको जिल्लामा गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ मा अन्य स्थानीय तहले भन्दा फरक कार्यक्रलाई जोड दिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा एक घर एक करेसाबारी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको हो । उसले कुल ३६ करोड २ लाख ५५ हजार रुपैँयाको बजेटमा ४० लाख रुपैयाँ एक घर एक करेसाबारी कार्यक्रमलाई बिनियोजन गरेको गाउँपालिकाका प्रमुख बेद थापा मगरले जानकारी दिनुभयो ।

पालिकाले गाउँपालिका भित्रका प्रत्येक घरमा ताजा तरकारी खान पाउने बनाउनका लागि पहिलो प्राथमिकता दिएको र त्यसका लागि पालिकाले प्राबिधिक ज्ञान, बिउबिजनसंगै टनेलको पनि ब्यबस्था गरिदिने जानकारी दिनुभयो । गाउँपालिका भित्रका करिब चार हजार घरधुरीलाई स्वच्छ र ताजा तरकारी खुवाउने आफनो लक्ष्य रहेको र ब्यबसायीक कृषिलाई प्राथमिकता दिएको दाबी गर्दै पालिका भित्र खपत नभएको तरकारीलाई अन्यन्त्र बिक्री बितरण गर्नका लागि पनि पालिकाले ब्यबस्था गर्ने दाबी गर्नुभयो।

युवाहरुलाई देशमै स्वरोजगार बनाउनका निम्ति र बैदेशिक यात्रामा अमुल्य समयलाई खेर नफाली स्वदेशमा नै टिकाई राख्नका लागि पनि ब्यबसायीक कृषि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने पालिकाले दाबी गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D